तस्करीमा निगमकै ट्यांकर

भारतबाट आउने नेपाल आयल निगमको तेल बोक्ने ट्यांकरहरुले तस्करी गर्ने गरेको खुलासा भएको छ ।
बिहीबार सशस्त्र प्रहरीले भारतबाट आएको ट्यांकरलाई नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पस नजिक चेकजाँच गर्दा ट्यांकरमा लुकाएर तस्करी गर्दै गरेको सामाग्री फेला पारेको हो ।

 
नेपालगन्ज भन्सार कार्यालयका सशस्त्र प्रहरी नायब उपरीक्षक निरंकारनाथ शुक्लाले ना.४ख ८०९५ नं. को ट्याकंरबाट भन्सार छलेर भित्र्याइएको २ वटा कलर प्रिन्टर, एउटा ब्ल्याक एण्ड ह्वाईट प्रिन्टर, प्रिन्टर सीडी, ६ बोतल मसी, इप्सनको फोटो पेपर लगायतका सामान बरामद गरिएको जानकारी दिएका छन् । उनले बरामद गरिएको सामानको बजार मूल्य करिब २ लाख रुपैयाँ बराबर भएको समेत बताएका छन ।

 
प्रहरीले भन्सार छलेर सामान भित्र्याउने ट्यांकर चालक सल्यान सारदा नगरपालिका मार्केका २७ बर्षीय प्रविण सुनार र सहचालक नेपालगन्जक निवासी १९ बर्षीय करण शर्मालाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जना, टयाकंर र बरामद सामाग्री भन्सार कार्यालयको जिम्मा लगाईएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया