‘द्वन्द्व पीडितको भावनामा खेलवाड नगरौं’

बैजानाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले द्वन्द्व पीडितको भावनामा खेलवाड नगर्न आग्रह गरेका छन् ।

संक्रमणकालिन न्याय सञ्जाल बाँकेसँगको सहकार्यमा महिला कानून र बिकास मञ्चले गाउँपालिकामा आयोजना गरेको द्वन्द्व पीडितको सवाल सम्बोधनमा स्थानिय तहको भुमिका बिषयक सम्बाद कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रुचालले द्वन्द्व पीडितले गणतन्त्र ल्याउनमा गरेको योगदानको सम्मान गर्दै द्वन्द्व पीडितको घाउमा मलम पट्टी लगाउन गाउँपालिका प्रतिवद्ध रहेको बताए ।

सामाजिक सुरक्षाभत्ताका लागी पहल गर्ने प्रबिवद्धता
कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बेपत्ता परिवारका श्रीमतीलाई सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्थाको लागी पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । अन्य केही स्थानीय निकायले बेपत्ताका श्रीमतीहरुलाई सामाजिक सुरक्षाभत्ता दिएको प्रसङ्ग उल्लेख गर्दै पीडितहरुले बैजनाथ गाउँपालिकाले पनि त्यस्तो ब्यवस्था मिलाउन आग्रह गरेका थिए ।

 
गाउँ पालिकाकी उपाध्यक्ष शारदा बिक रेग्मीले द्वन्द्व पीडितको लागि छुट्टै बजेटको ब्यवस्था नगरिएको भएता पनि महिला, बालबालिका, शिक्षा लगायतका अन्य बजेट शिर्षकबाट द्वन्द्व पीडितको सवाल सम्बोधनको पहल गर्ने प्रतिवद्धता ब्यक्त गरिन । योजना छनौट प्रक्रियामा टोल देखि नै आफ्ना सवाल समेट्न द्वन्द्व पीडितलाई आग्रह गर्दै उपाध्यक्ष रेग्मीले पीडितका न्यायको अभियानमा आप्m्नो साथ रहेको बताइन् ।

 
कार्यक्रममा बोल्दै संक्रमणकालिन न्याय जिल्ला संजाल बाँकेकी अध्यक्ष चन्द्रकला उप्रेतीले देशमा गणतन्त्र ल्याउनमा महत्वपूर्ण भूमिका निर्भाह गरेका द्वन्द्व पीडितलाई स्थानिय सरकारले समेत उपेक्षा गरेको बताइन् ।
बेपत्ता पारीएका श्रीमतीलाई सामाजिक सुरक्षा भत्ताको ब्यवस्था मिलाउन, द्धन्द्ध पीडितका बालबच्चाको शिक्षा, स्वास्थ्यको मिलाउन, द्वन्द्व पीडितका परिवारलाई शिपमुलक तालिम लगायत द्वन्द्व पीडितको तथ्याङ्क संकलन गरि उनीहरुको आवश्यकता र चाहाना सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउन उप्रेतीले गाउँपालिकालाई आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै द्वन्द्व पीडितहरु उषा दाहाल, बिनिता चौधरी, सुन्दरकली थारु लगायतका पीडितहरुले गाउँपालिकाले द्वन्द्व पीडितलाई कुनै कार्यक्रममा समावेस नगराउने गरेको दुखेको पोख्दै गाउँपालिकाका योजनामा द्वन्द्व पीडितको सवाल सम्बोधन गर्ने खालका कार्यक्रम ल्याउन माग गरे । यातना पाएका, अपाङ्गता भएका, द्वन्द्वमा आमाबुवा गुमाएका टुहुरा बालबालिका लगायतका बेपत्ता, हत्या, यौनजन्य हिंशा लगायतका द्वन्द्व पीडितहरुलाई लक्षित बर्ग मानी कार्यक्रम ल्याउन गाउँपालिका समक्ष उनीहरुले आग्रह गरेका थिए ।

 
कार्यक्रममा बोल्दै महिला कानून र बिकास मञ्चका कार्यक्रम संयोजक अधिवक्ता वसन्त गौतमले स्थानिय तहले पीडितको आवश्यकता र सवाल सम्बोधनमा धेरै गर्न सक्ने भन्दै गाउँपालिकाले पीडितहरुको आवश्यकता र चाहानाको पहिचान गरि परिपुरणका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

 
कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष रुप बहादुर मल्ल, ५ का मान बहादुर खत्री, ं ८ का भगन थारुले बडाबाट गर्ने कार्यक्रमहरुमा पीडितहरुलाई भेदभाव नगर्ने प्रतिवद्धता जनाउदै द्वन्द्व पीडितका परिवारलाई शैक्षिक छात्रबृत्तिका लागी पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

 
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष वडाअध्यक्ष लगायतका गाउँपालिका पदाधिकारी र द्वन्द्व पीडितहरु बीच भएको कार्यक्रममा द्वन्द्व पीडितहरुले न्याय प्राप्तीका लागि आफुहरुले भोग्दै आएका समस्या र चुनौती राख्दै आफुहरुको सवाल सम्बोधनमा गम्भीर बन्न गाउँपालिका पदाधिकारीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया