दुई मुखे सर्पको अवैध कारोबार गर्न खोज्नेलाई वडा प्रहरी कार्यालय नेपालगन्जले नियन्त्रणमा लिएको छ । भारतबाट दुई मुखे सर्प ल्याएर बिक्री गर्न खोजेको आशंकामा प्रहरीले नेपालगन्जका दुई जनालाई नियन्त्रणमा लिएको हो ।
न्यूरोड–२ नेपालगन्जका लोक बहादुर सुनार र नेपालगन्ज – १६ का मुराद अलि साईलाई प्रतिबन्धित दुई मुखे सर्पको कारोबारमा गर्न खोजेको भन्ने सूचनाका आधारमा कारवाही अगाडि बढाएको वडा प्रहरी कार्यालय नेपालगन्जले लोक बहादुर सुनारको घरमा लुकाइराखेको मृत दुई मुखे सर्प फेला पारेको थियो ।
प्रहरीले मृत सर्प सहित दुवै जनालाई थप कारवाहीका लागि जिल्ला वन डिभिजन कार्यालय बाँकेमा बुझाएको जानकारी दिएको छ ।