प्रधानमन्त्रीलाई तमु ह्युल छोंज धि बाँकेद्दारा ध्यानाकर्षण पत्र

गुरुङहरुको महान पर्व ल्होसारको बिदा कटौती गरेको बिरोधमा आज तमु ह्युल छोंज धि बाँकेका अध्यक्ष युग बहादुर गुरुङ र पदाधिकारिहरुको एक टोलिले बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत सम्मानिय प्रधानमन्त्री के.पि. शर्मा ओलिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

 

बिभेद र असमानताको अन्तका लागि तमु ल्होसार लगायत आदिबासि जनजातिका चाडपर्बहरुमा दिदै आएको बिदालाई यथाशिघ्र पुनस्थापनाको जोडदार माग गर्दै आज देशब्यापी रुपमा नै यो अभियान चालिएकोछ । प्रमुख जिल्ला अधिकारी भुजेलले स्मरण पत्र अध्ययन गर्दै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता सहित सबै जातजातिले आफ्नो चाडपर्व मनाउने अधिकारलाई साकारात्मक रुपमा लिनु भएको छ ।

उक्त समयमा ५ न. प्रदेसका प्रदेस सभा सदस्य नन्दलाल रोकायलाई पनि स्मरणपत्रको बारेमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया