यातना पीडित भन्छन्, अंश होइन न्याय खोजेको

बिगत सशस्त्र द्धन्द्धका क्रममा यातना पाएका पाीडितहरुले आफुहरुले अंश नभई न्याय खोजेको बताएका छन् ।
बर्दियाको मधुवन नगरपालिकाको लालीबजारमा आयोजित युद्धका १४ यातना पीडितको फोटो प्रदर्शनी कार्यक्रममा बोल्दै पीडितहरुले अहिलेसम्म पनि द्धन्द्धका घाउ निको हुन नसकेको गुनासो गरेको थिए । इतिहास नबिर्सन आग्रह गर्दै यातना पीडितहरुले लोकतन्त्र ल्याउनमा आफुहरुको ठुलो योगदान रहेको बताएका थिए । द्धन्द्धमा खुट्टा गुमाएका अशोक सोडारीले तत्काल आफुहरुको पीडा सम्बोधन गरि राज्यको न्यायको अनुभुति दिलाउनु पर्नेमा जोड दिए ।

 
फोटो प्रर्दशनीमा तत्कालिन राज्य र बिद्रोही पक्षबाट गंभिर यातना पाएका बर्दियाका अशोक सोडारी, हेमराज थारु, गया प्रसाद चौधरी, बाकेका रामरतन चौधरी कलि परियार लगायत आनन्द पाण्डे, भगवती गौतम, बुदराज अधिकारी, कृष्ण बहादुर घिसिङ्ग, कृष्णलाल श्रेष्ठ, लिला गुरुङ्ग, राम कुमारी घर्ति, रुवन श्रेष्ठ र सुरेन्द्र खत्रीको दर्शनाकपुर्ण कथा प्रस्तुत गरिएको थियो । कथामा यातना पीडितहरुले आफुले जस्तो दर्दनाक पीडा अरु कसैले भोग्न नपरोस भन्दै आत्मसन्तुष्टि आफुहरुको न्याय भएको बताएका छन् ।

 
जीआईजेटको सहयोगमा द्धन्द्ध पीडित साझा चौतारीले आयोजना गरेको कार्यक्रममा मधुवन नगरपालिकाका प्रमुख गणेश केसीले द्धन्द्ध पीडितहरुको त्याग र बलिदानका कारण देशमा गणतन्त्र स्थापना भएको भन्दै पीडितहरुको सवाल सम्बोधनमा आफुहरु प्रतिवद्ध रहेको र यसका लागी नगरपालिकाले आवश्यक बजेट छुट्याउने बताउनु भयो ।
कार्यक्रममा बोल्दै अधिकारकर्मी अधिवक्ता वसन्त गौतमले युद्ध सकिएको १३ बर्ष ब्यतित भैसक्दा पनि पीडितहरु न्यायको लागी भौतारिनु पर्ने अवस्था आउनु गंभिर चिन्ताको बिषय भएको बताए । स्थानिय तहले चाहेको खण्डमा घटनाको सत्य, तथ्य संकलन र पीडितको परिपुरणको सवालमा धेरै काम गर्न सक्ने भन्दै यस तर्फ ध्यान दिन स्थानिय तहलाई आग्रह गरे । पीडितहरुको सत्य, न्याय र परिपुरण प्राप्त गर्ने अधिकार भएकाले यसको सुनिश्चित हुनु पर्नेमा गौतमले जोड थिए ।

 

 
बर्दियाको मधुवन नगरपालिका ताराताल लालीबजारमा आयोजित द्धन्द्धकालमा गंभिर यातना पाएका १४ पीडितको सचित्र कथाहरुरुको अवलोकन, प्रहरी प्रशासन, स्थानिय निकायका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि, शिक्षक, बिद्यार्थी र स्थानिय समुदायको द्धन्द्ध पीडित समिति बर्दियाका सचिव मायाराम थारुले संचालन गरेको कार्यक्रममा उपस्थिति यातना पीडितहरु अशोक सोडारी, धनीराम चौधरी, नयाराम खड्का लगायतले तत्काल आफुहरुको पीडा स्म्बोधन हुनु पर्नेमा जोड दिएका थिए ।

 

 
अन्य घटनाको तुलनामा युद्धकालिन यातनाका घटना बाहिर नआएको सन्दर्भमा आमनागरिकले यातना पाएको घटनालाई उजागर गरि उनीहरुको सवाल सम्बोधनमा सरोकारवाला निकायसम्म पु¥याउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको यातनाका कथा संकलन एवं जीआईजेटका रमेश अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया