इन्सेकको अध्यक्षमा डा. ईन्दिरा श्रेष्ठ चयन

इन्सेक कार्यसमितिको कात्तिक ३० गते सम्पन्न बैठकले कार्यसमिति सदस्य डा. ईन्दिरा श्रेष्ठलाई इन्सेकको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ ।

 

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि उनले सो पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमद्वारा मङ्सिर ३ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

 
‘त्रिभुवन विश्वविद्यालयको सह(प्राध्यापक श्रेष्ठले काठमाडौँ महानगरपालिकाका महिला उद्यमीहरूको आर्थिक तथा सामाजिक अवस्थाका विषयमा त्रिविबाट विद्यावारिधि उपाधि प्राप्त गर्नुभएको छ । समाजसेवा तथा शिक्षा क्षेत्रका विभिन्न सामाजिक संस्थामा आबद्ध रही ग्रामीण तहका जनताको जीवनस्तर सुधार्न उहाँले योगदान गर्नुभएको छ ।’(जारी विज्ञप्तिमा भनिएको छ ।

 
‘त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य, उच्च माध्यमिक शिक्षा पाठ्यक्रम विकास कमिटी सदस्यलगायत अनेकौँ संस्थामा आबद्ध उहाँ आफ्ना कार्यका कारण विभिन्न सम्मानबाट विभुषित तथा सम्मानित हुनुभएको छ । कामका सिलसिलामा विश्वका विभिन्न मुलुकहरूको भ्रमण गर्नुभएकी डा. श्रेष्ठ आफूले आर्जन गरेको ज्ञान अरुका लागि उपयोगी होस् भन्नेमा सचेत हुनुहुन्छ ।’(विज्ञप्तिमा उल्लेख छ ।

 
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमद्वारा हस्तारिक्ष विज्ञप्तीमा मानव अधिकार र समाजिक न्याय प्राप्तिका सन्दर्भमा इन्सेकका निवर्तमान अध्यक्ष सुवोधराज प्याकुरेलले इन्सेकलाई दिएको समय, नेतृत्व र मार्गदर्शनका आभार व्यक्त गर्दै प्रदेश १ को योजना आयोगको उपाध्यक्ष रुपमा उहँको कार्यकालका सफलताको कामना गरिएका् छ ।

प्रतिक्रिया

प्रतिक्रिया