अवैध माछाको कारोबार नियन्त्रण

सशस्त्र प्रहरीले छापा मारेर ६० केजी माछा नियन्त्रणमा लिएको हो
सीमा नाका क्षेत्रमा अवैध रुपमा भैरहेको माछाको कारोबारमा सशस्त्र प्रहरीले अंकुश लगाएको छ । विना चेकजाँच भारतबाट माछा ल्याएर कारोबार गर्ने व्यवसायीहरुको पसलमा प्रहरीले छापा मारेको हो । ‘भन्सारको यात्रु शाखा र मेन गेट बीचमा रहेका माछा पसलमा छापा मारेका हौं’, सशस्त्र प्रहरी बल नम्बर ४० गुल्म जमुनाहाका प्रहरी नायब उपरीक्षक निरंकार शुक्लले भने, ‘भन्सार छलेर व्यवसाय भैरहेको आशंका भएपछि छापा मारिएको हो ।’

 
यसअघि पनि त्यस क्षेत्रमा सञ्चालित मासु पसलको मासुको गुणस्तर बारे सचेत जिल्ला अनुगमन समितिले सचेत बनाइसकेको थियो । ‘पसलेहरुले माछाको क्वारेन्टाइन नगरेको पाइयो’, डिएसपी शुक्लले भने, ‘यसले उपभोक्ताको स्वास्थ्य समेत जोखिम देखियो ।’ उनले भन्सार र क्वारेन्टाइन गरेका ती क्षेत्रका ४÷५ वटा मासु पसलमा छापा मारेर ६० केजी माछा नियन्त्रणमा लिएको जानकारी दिए ।

 
नियन्त्रणमा लिएको माछा सशस्त्रले थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको जानकारी दिएको छ । डिएसपी शुक्लले भन्सार राजश्व र उपभोक्ता स्वास्थ्यको समेत विषय भएकाले माछा पसलमा निरन्तर निगरानी गरिने जानकारी दिएका छन् । ‘भन्सार छलेर कारोबार गर्नेहरु विरुद्ध हाम्रो कारवाही निरन्तर रहनेछ’, उनले भने ।

तास खेल्ने प्रहरी नियन्त्रणमा

 

वडा प्रहरी कार्यालय नेपालगन्जले बुधबार राती चार जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । नेपालगन्ज–४ कारकाँदो स्थित एक घरमा छापा मारेर प्रहरीले चार जनालाई रंगेहात पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जुवा खालबाट ७६ हजार ६ सय ३५ रुपैयाँ पनि बरामद गरिएको जानकारी दिए । दिपावलीको समयमा नेपालगन्जमा जुवा अत्याधिक हुने गरेको छ । त्यसैले पर्व नजिकिंदै जाँदा प्रहरीले निगरानी बढाउन सुरु गरेको हो ।

मासु पसल अनुगमन

संयुक्त जिल्ला अनुगमन समिति रुपन्देहीले बुटवलको कुरैशी मासु पसल सिलवन्दी गरेको छ । अनुगमनको क्रममा करिब ६ महिना देखि खसीबोकाका खुट्टा र टाउका (मासु)डि फ्रिजमा स्टोरेज गरेर राखेको भेटिएपछि समितिले पसल सिलबन्दी गरेको हो ।

 
बुटवलको नया बसपार्क पछाडि इट्टाभट्टी लाइनमा रहेको कुरैशी मासु पसलमा अनुगमन गर्दा जिल्ला अनुगमन समितिले सडेको ३ सय १० केजी टाउका र खुट्टा फेला पारेको छ । जाडो मौसममा बढी माग हुने खुट्टा र टाउकोलाई करिब ६ महिनादेखि संकलन गरी बेच्ने तयारीमा राखेको अवस्थामा भेटिएको थियो । मापदण्ड विपरित मासु कामदार सुत्ने, कोठामा फ्रिजिङ्ग गरिएको थियो । उपभोक्ता हित संरक्षण एने अन्र्तगत मासु पसल संचालकालाई कारवाही गरिने अनुगमन समितिका संयोजक तथा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डयेले जानकारी दिए ।

 
पा“च सय लिटरका दुईवटा डि फ्रिजमा लुकाएर राखेको अवस्थामा अनुगमन समितिले भित्री कोठाबाट उक्त परिणमको खसीको टाउका र खुट्टा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको मासुलाई डम्पिङ्ग साइडमा लगि खाल्डोमा पुरिएको छ । समितिका अनुसारअनुगमनको क्रममा यति ठुलो परिमाणको सडेको मासुजन्य पदार्थ भेटिएको पहिलो पटक हो ।
समितिले यो परिमाणलाई अस्वभाविक मान्दै उपभोक्ताको अधिकारलाई न्यूनतम पनि ख्याल नगरि व्यवसाय गरेको ठहर गरेको छ । उक्त मासु पसलले मापदण्ड विपरीत बासी र पुरानो मासु बेचेको गोप्य सूचना र जनगुनासो आएपछि संयुक्त अनुगमन समितिले अनुगमन गरेको समितिका सदस्य बाणिज्य कार्यालय भैरहवाका प्रमुख वेदप्रसाद उपाध्यायले जानकारी दिए । पुरानो र बासी मासुले फुड पोइजिङ्ग र झाडापखाला जस्ता रोग लाग्ने र जनस्वास्थ्यमा गम्भीर असर पुराउने हुँदा मासु पसलेलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारवाही हुने छ । उता अनुगम गर्ने तर व्यवसायीलाई मासु जाचँ“ ऐन अन्र्तगत कारवाही हुन नसक्दा बजारमा वेथिति बढेको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नर्बु लामाले बताए ।

 
बुटवलकै ठूलो मासु पसल मानिने कुरैशी मासु पसलले प्रहरी, सेना, फिटनेस सेन्टर, ठूला होटलहरुमा मासु आपुर्ति गर्छ । अर्को तर्फ बुटवलमा पशु बधशाला भवन बनेको ४ वर्ष पुरा हुंदा पनि सञ्चालनमा ल्याउन स्थानीय सरकारले बेवास्ता गर्दा उपभोक्ताहरु अस्वस्थकर मासु उपभोग गर्न वाध्य छन् । मासु व्यवसायी संघले तत्काल बधशाला सञ्चालनमा ल्याउनुपर्ने माग गरेको छन् । स्वच्छ मासु बिक्रि गर्न आफुहरु प्रतिवद्ध रहेको भन्दै संघले मासु जाच“ ऐन बिपरित व्यवसाय गर्ने व्यवसायीलाई करवाही गरे सहयोग गर्ने जनाएको छ । संघका अध्यक्ष कृष्ण पौडेलले गलत गर्नेलाई संघले ढाकछोप नगर्ने बताए ।

 

मासु बधसाला देखी बिक्रि केन्द्रसम्म व्यवसायीले न्यूनतम मापदण्ड समेत पुरा गरेका छैनन् ।उपभोत्ताको स्वास्थ्य माथि खेलवाड भइरहँदा स्थानीय सकरकार व्यवसाय दर्ता गरेर कर उठाउने बाहेकका अन्य काममा निष्किृय रहेको नगरबासीको आरोप छ ।

प्रतिक्रिया

प्रतिक्रिया