गान्धी जयन्ती मनाइने

महात्मा गान्धीको १ सय ५०औं जन्मजयन्ती पारेर भोलि मंगलबार नेपालगन्जमा बृहत विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रम गरिने भएको छ ।

 
नेपाल भारत मैत्री संघले गान्धी दर्शनबारे विचार गोष्ठीसँगै सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । संघका जिल्ला अध्यक्ष प्रदिप कुमार गुप्ताले नेपालका लागि भारतीय राजदुतावासका राजनीति तर्फका प्रथम सचिव डा. बिप्र पाण्डेको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गर्न लागिएको जानकारी दिए ।

 
त्यस अवसरमा स्थानीय राजनीतिक अगुवा, प्रदेश तथा संघीय सांसदहरुसँग अन्तरक्रियात्मक छलफलको आयोजना पनि राखिएको बताइएको छ । राजदुतावासले विश्व अहिंसा दिवस एवं १ सय ५०औं गान्धी जयन्तीलाई सफाई अभियानसँग जोडेर सरसफाईका क्षेत्रमा विशेष कार्यक्रमहरु गर्न आव्हान पनि गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया