जनप्रतिनीधी र कर्मचारीसहितको नेपालगञ्ज उपमहानगरपालिकाको टोली अध्यन अवलोकन भ्रमणमा निस्केको छ । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापमगर नेतृत्वको टोली सोमबार विहान एक हप्ते अन्तरपालिका भ्रमणमा निस्कीएको हो । वडा अध्यक्ष सहित १३ जना जनप्रतिनीधी र १४ जना कर्मचारीसहित २७ जनाको टोलीले नेपालका प्रमुख महानगरपालिका र नगरपालिकाको अवलोकन गर्नेछ ।
विराटनगर महानगरपालिका, बुटवल, हेटौडा, धरान उपमहानगरपालिका, धनकुटा लगायत विभिन्न नगरपालिकामा पुगेर परिचयात्मक अन्तरक्रिया गरिने उपप्रमुख थापामगरले जानकारी दिनु भयो । स्थानीय सरकार सञ्चालनका सफल अभ्यास, नविनतम विकास योजना र सम्भाव्यता लगायत बारे एकापसमा छलफल तथा अन्तरक्रिया गरिने उपप्रमुख थापाले जनाउनु भयो ।