प्रमोद रिजाल
नेपालगन्जले सडक मर्मत र स्त्तरोन्नती, खेल मैदान तथा भवन निर्माण कार्य संगै फुटपात ब्यबस्थापन तिव्र रुपमा अगाडि बढाइरहँदा कोहलपुर नगरपालिकाले भने एकाध काम बाहेक जनस्तरमा देखिने गरि कुनै काम गर्न नसकेको जनगुनासो पाइन्छ ।
नेपालगन्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपात पसल तथा ठेला हटाउने अभियान तिब्र गतिमा जारी राखेको छ । कोहलपुर नगरपालिकाको फुटपात निर्बाध रुपमा प्रयोग गर्न सक्ने बनाउन तर्फ कुनै चासो दिनु सकेको छैन । ‘यो उदाशिनताको पराकाष्ठा हो,’ नेपाल पत्रकार महासंघ बा“केका सदस्य एवं उद्यमी शंकर अशान्त भन्छन् । सडक छेउमा सडक अतिक्रमण गरि ठेला राख्ने कार्यमा केही कमी आएको भएतापनि छरपष्ट रुपमा फुटपातमा गिट्टि, बालुवा, इट्टा र मोरङ्ग राखिंदा पैदल मार्गको रुपमा रहेको फुटपात मार्ग प्राय ठप्प हुने गरेको छ ।
सडक अतिक्रमण गरी यसरी निर्माण सामाग्री मात्र हैन निजी तथा सार्वजनिक सवारी साधन पनि फुटपातमै पार्किङ्ग गरी राख्ने परिपाटीको विकास अहिले कोहलपुरमा हाबी हँुदै गएको छ । पार्किङ्ग गरिएका सवारी साधन र निर्माण सामाग्रीले गर्दा पैदल यात्रुलाई आवतजावत गर्न असहज भएको मात्र नभई ग्राहकलाई पसलसम्म आउन र निजहरुले प्रयोग गरेको सवारी साधन राख्न अप्ठ्यारो भएको छ । ‘ब्यापार हुन सकेको छैन ग्राहक अन्तै जान बाध्य छन्,’ पुजा इलेक्ट्रोनिक्सका सहायक प्रोप्राइटर दिपक शर्मा दुखेसो पोख्छन् ।
फुटपातलाई निजी प्रयोजनका लागि प्रयोग गरेको भन्दै वडा नं. ११ ले यस अघि पर्चा पम्पलेट गर्दै सुचना जारी गरेको भएपनि जारी सुचना अटेर गरेकाले अब एक्सनमा जान बाध्य भएको वडा अध्यक्ष कर्ण बहादुर थापा दैनिक नेपालगन्जसँगको भेटमा भने । कोहलपुर नगरपालिकालाई कुरुप र असफल पार्ने दुष्प्रयास भएको छ फुटपात ओगटेकालाई हटाउन खोजे ‘तेरो के जान्छ र’ भन्दै वडा कार्यालय घेर्न आउने गरेको प्रति इंगित गर्दै वडा अध्यक्ष थापाले प्राइभेट तथा सार्बजनिक सवारी साधन, अटो सिक्सालाई पहिलो चरण माइकिङ गरि सुचना दिने अटेर गरे पुलिस प्रशासन लगाएर भएपनि फुटपात खाली गरिने बताए ।
‘नगरपालिकाको ट्रेक्टर, टिप्पर ल्याएर साधन र सामाग्री नै फिर्ता नहुने गरि जफत गरि फुटपात खाली गराउँछौं,’ थापाले भने । फुटपातमा हुने जथाभावी पार्किङ्गले दुर्घटना निम्तिने मात्र हैन हेर्दा समेत स्वच्छ र सफा देखिंदैन पर्यावरणीय दृष्टिकोणले समेत यो राम्रो शोभा हैन राप्रपा नेपालका केन्द्रीय सदस्य हिक्मत बहादुर ढकाल बताउँछन् । उनले फुटपात खाली राख्ने पहिलो दायित्व उद्योगी, ब्यापारी र ब्यबसायीको रहेको भन्दै ढकालले जेब्रा क्रसिङ्गमा समेत पार्किङ्ग गरि राख्ने र अटेर गर्ने सवारी धनीलाई ट्राफिक प्रहरीले पनि निगरानीमा राख्नुपर्ने बताए ।
‘मुख्य सडक छेउछाउमा कुनै प्रकारको अवरोध हुनु हँुदैन फुटपात प्रयोग गर्ने कस्तो बिडम्बना हो, यसतर्फ सरोकारवाला सबैको चासो बढनुपर्छ,’ ढकालले दैनिक नेपालगन्ज सँगको भने । कोहलपुर चौराहादेखि त्रिभुवन माविसम्म फुटपातमा बस, जिप, निजी कार पार्किङ्ग गरि बाटो अबरोध गरेको प्रष्ट देखिन्छ । ‘ट्राफिक प्रहरी यो सडकमा सयौं पटक ओहरदोहर गर्छ तर कुनै सचेत बनाएको देखिदैन,’ स्थानीय बसन्त जैसी बताउँछन् ।
कोहलपुरम क्षेत्रका सडकमा दर्जनौ सार्वजनिक यातायात पार्किङ्ग गरेर राखेको देखिन्छ । बालबिद्या स्कुल चोक, चौलागाई स्टोर्स, लम्साल नास्ता पसल, कौशिल्या पोलिक्लिनिक अगाडि एउटै व्यक्तिका तीन वटासम्म बसहरु पार्किङ्ग गरेर राखेको भेटिन्छ । सवारी साधनले फुटपात ओगटेर बस्दा बाटो हिडने बटुवा र साइकल यात्रीले सास्ती खेप्नु परेको मात्र छैन निजी सवारी साधन घर लैजान र ल्याउन कठिन हुने गरेको र एम्बुलेन्सबाट बिरामी ओराल्न समेत असहज हुने गरेको कौशिल्या पोलिक्निकका प्रबन्ध निर्देशक राम प्रसाद शर्मा बताउँछन् । ‘कानुनको पालना गराउने मुख्य दायित्व नगरपालिका, वडा र नगर विकास समितिको हो बाटो क्लियर हुनुपर्छ,’ न्यौपाने थप्छन् ।