कोहलपुरमा ‘प्लाष्टिक सर्जरी’ शिविर

बाँकेको कोहलपुरमा प्लाष्टिक सर्जरी शिविर सञ्चालन गरिएको छ । किर्तिपुर अस्पताल, फ्याक्ट नेपालले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरसँगको साझेदारीमा शिविर सञ्चालन गरेको हो ।

 
‘बिहीबारसम्म २८ जनाको शल्यक्रिया गरिएको छ’, हरेक महिनाको दोस्रो मंगलबार कोहलपुर स्थित शिक्षण अस्पतालमा नियमित प्लाष्टिक सर्जरी शिविर सञ्चालन गरिंदै आएको जानकारी दिंदै वरिष्ठ प्लाष्टिक सर्जन डा. विनोद कर्णले दैनिक नेपालगन्जसँग भने, ‘अहिलेसम्म ३ सय बढीको शल्यक्रिया गरिसकिएको छ ।’

 
प्लाष्टिक सर्जन डा. कर्णका अनुसार, दुर दराजका विपन्न वर्गका सर्वसाधारणहरु जो उपचार अभावमा बाँचिरहेका छन् उनीहरुको राहत तथा उपचारका लागि एक बर्षदेखि निःशुल्क उपचार शिविर सञ्चालन गरिंदै आएको हो । ‘शत प्रतिशत निःशुल्क उपचार गरिने शिविरमा जटिल प्रकृतिका उपचार पनि गरिंदै आएको छ’, त्यसमा नियमित उपचारमा सक्रिय डा. कर्णले किर्तिपुरका चिकित्सक समेतको सहभागितामा सेवा प्रवाह गरिंदै आएको जानकारी दिंदै भने ।

 
आगामी महिनाको दोस्रो मंगलबार पनि त्यसखालको शिविर सञ्चालन गरिने जानकारी दिंदै डा. कर्णले उपचार अभावमा बाँचिरहेका दुर्गम बस्तीमा सञ्चारमाध्यमले सूचना प्रवाह गरिदिन आग्रह गरे ।

प्रतिक्रिया

प्रतिक्रिया