सीमामा तस्कर र एसएसबी बिच कुटाकुट

एसएसबीका डीआइजी र बाँकेका प्रहरी प्रमुख एसपीले घटना बारे जानकारी लिए

 

भारतीय क्षेत्रबाट नेपाली क्षेत्रमा विभिन्न सामाग्री तस्करी गर्दै आएका तस्कर र रुपईडिहा एसएसबी जवान बीच कुटाकुट भएको छ । बुधवार विहान ५ बजेको समयमा तस्कर र एसएसबी बीच भएको घटना बारे एसएसबीका उच्च अधिकारीले समेत चासो बढाएका छन् । एसएसबीले केही तस्करहरु विरुद्ध रुपईडिहा थानामा उजुरी गरेको छ ।
घटना गम्भीर भएको भन्दै एसएसबी लखीमपुरका सेक्टर डीआइजी अनुज थपलियाल, कमाण्डेन्ट अनिल कुमार गिरी, उप कमाण्डेन्ट जय जय प्रकाश र शैलेन्द्र पाण्डेय तथा बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले घटना स्थल पिलर संख्या ३०।५ मा पुगेर अवलोकन गरेका छन् ।

 
घटनास्थलमा पुगेका सुरक्षा अधिकारीहरुले स्थानीय बासिन्दा संग घटना बारे जानकारी लिएका छन् । तस्करहरु संग विवाद भएको सन्दर्भमा एसएसबीले क्रिमिनल एक्ट अन्तर्गत सिरताज राई, इरफान सहित २५ जना माथि उजुरी दायर गरेको छ ।

 
सीमा क्षेत्रबाट भइरहेको अवैध निकासी विरुद्ध सक्रियता देखाउँदै आएको एसएसबी संग सिमा क्षेत्रमा नै झड्प भएपछि सो बारे जाँच अघि बढेको छ । सिमा क्षेत्रमा सक्रिय रहेका तस्कर विरुद्ध एसएसबीले कडाई गर्दै आएको हो ।
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पौडेलले भने अन्य विषयमा खासै छलफल नभएको जानकारी दिंदै भेटघाट, छलफल मात्र भएको जानकारी दिए । ‘द्विपक्षीय हितका सामान्य छलफल र भेटघाट भयो’, प्रहरी उपरीक्षक पौडेलले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया