नागरिक स्तरमा साइक्लिङ्ग क्लबले नेपालगन्जमा संविधान दिवस मनाएको छ।
नेपालगन्ज साइक्लिङ्ग क्लब को आयोजना बिहान ७ बजे धम्बोजी चोक बाट निकालिएको साइकल यात्रा -२०७५ मा साइक्लिङ्ग क्लब का सदस्यहरू ले धम्बोजी- बिपि चोक- चारबाहिनी- जिबिस कार्यलय- हडियाबाबा रोड- बसपार्क – पुस्पलाल चोक हुँदै बिपिचोक पुगेर साइकल यात्रा -२०७५ समापन गरिएको थियो।
समापन समारोहमा कार्यक्रम सम्योजक सतिश निरौला ले सम्बिधान सबैभन्दा माथी रहेको र सबैका लागि भएको हुँदा सबैले सम्बिधानको संमान गर्नुपर्ने र सम्बिधान र कानुनले सबैलाई समान न्याय दिनुपर्ने मा जोड दिदै न्याय का लागि कोहि पनि सडकमा आउन नपरोस् र न्याय नमरोस भन्ने भनाइ राख्दै साइकल यात्रा -२०७५ मा सहभागी सबैलाई धन्यवाद दिनु भयो।