थारुलाई ‘एमबिबिएस स्कलरशीप’

बाँकेको कोहलपुर–५का शिवास्य थारु देशभरीबाट उत्कृष्ट छात्रका रुपमा छनोट भई चिन सरकारको छात्रवृत्तिमा एमबीबीएस पढ्ने भएका छन् । ‘यो मेरो लागि जीवनकै सबैभन्दा खुशीको क्षण हो’, सोमबार छात्रवृत्ति घोषणा कार्यक्रमपछि दैनिक नेपालगन्जसँग कुरा गर्दै थारुले भने, ‘म ६ बर्षका लागि चिन जाँदैछु ।’

 
स्थानीय वेष्टर्न सेकेण्डरी स्कुलबाट कक्षा १ देखि १० सम्म अध्ययन गरेका शिवास्य थारु स्थानीय सन्तोष थारुका छोरा हुन् । ‘सामान्य परिवारका उनी स्कलरशीपमा एमबीबीएस पढ्ने अवसर प्राप्त हुनु गौरवको कुरा हो’, वेष्टर्न सेकेण्डरीका प्रिन्सिपल कुँवेर बस्नेतले भने । २०७१ सालमा प्रवेशिका उत्तिर्ण पछि गोल्डेन गेट कलेजमा प्लस टु उत्तिर्ण गरेका उनी एक बर्षदेखि चिन स्कलरशीपको तयारीमा थिए । ‘काठमाडौं यूनिभर्सिटिबाट मेडिकल इन्ट्रान्स पास गरेर स्कलरशीपका लागि अप्लाई गरेको थिए’, थारुले भने ।

 
सोमबार आयोजित औपचारिक कार्यक्रम बीच शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनियाँ राजदुत यु होङले शिवास्य थारुलाई स्कलरशीप प्रदान गरे । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले चिन आर्थिक तथा उच्चस्तरीय प्रविधिको लागि विश्वासिलो साझेदारको रुपमा रहेको बताए ।

 
बर्षेनी चिनियाँ सरकारले नेपाली विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रबृत्तिले दुई देशको शैक्षिक सम्बन्ध अझ बढाएको मन्त्री पोखरेलले बताए । कार्यक्रममा नेपालका लागि चिनिया राजदुत यु होङले नेपाल र चीन बिचको ६३ बर्षे कुटनीतिक सम्बन्धलाई शैक्षिक सम्बन्धले पनि अझै मजबुत बनाएको बताएकी छन् । चिन ऐतिहासिक तर आधुनिक भएको बताउँदै उनले चीन नेपालको मूख्य आर्थिक साझेदार भएको पनि स्मरण गराइन् । यसबर्ष थारुसँगै देशका १ सय ६० जना नेपाली विद्यार्थीले चिनका लागि छात्रवृत्ति पाएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया