भ्रष्टाचार : असल शासन र विकासको मुख्य वाधक

वसन्त गौतम

नेपालको सन्दर्भमा भ्रष्ट्राचार घट्नुको सट्टा दिनप्रतिदिन बढ्दै गइरहेको छ । बाँके जिल्ला कै सन्दर्भमा कुरा गर्नु पर्दा महिनै पिच्छे जस्तै रंगेहात घुस लिएका घटनाहरु सार्वजनिक भैरहेका छन् । भ्रष्टाचारको कुरा गर्दा भ्रष्ट र आचरणको संयुक्त रुप नै भ्रष्टाचार हो । भ्रष्टको अर्थ दुश्चरित्र, पतीत, अपवित्र, दुषित, विग्रदो आचरण र अनुशासनवाट तल झरेको, विनास भएको व्यवहार भन्ने लाग्दछ । जसमा ईमान्दारिता र सदाचारको अभाव, घुस लिने दिने आदत र अनियमित काम गर्ने÷गराउने कुराहरु पनि पर्दछन् । शाब्दिक अर्थमा भन्ने हो भने भ्रष्टाचार भन्नाले व्यक्तिगत फाइदाको लागि सार्वजनिक पद र श्रोत साधनको दुरुपयोग गर्नु भन्ने हुन्छ । भ्रष्टाचार असल शासनको मुख्य बाधक तत्व हो । यसले कानूनी शासन र बिकाशमा समेत प्रतिकूल असर पारेको हुन्छ । संसारमा कहि कतै भ्रष्टाचार उन्मुलन भएको पाइन्दैन । कुनै न कुनै रुपमा भ्रष्टाचार भएकै देखिन्छ ।

 

 

भ्रष्टाचार निवारण ऐन अनुसार भ्रष्टाचारजन्य कसुरहरुमा रिसवत लिनु, विना मूल्य वा कम मूल्यमा वस्तु वा सेवा लिनु, दान, दातव्य, उपहार वा चन्दा लिनु, कमिशन लिनु, राजश्व चुहावट गर्नु, गैर कानुनी लाभ वा हानि पु¥याउनु, गलत लिखत तयार पार्नु, गलत अनुवाद गर्नु, सरकारी कागजात सच्याउनु, सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्नु, प्रश्नपत्रको गोपनीयता भङग गर्ने वा परीपाटीको परिणाम फेरवदल गर्नु, गैरकानूनी व्यापार व्यवसाय गर्नु, नपाएको ओहदा पाए भन्नु, झुठ्ठा विवरण दिनु, सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गर्नु, गैर कानुनी दवाव दिनु, गलत प्रतिवेदन तयार गर्नु, गैर कानुनी रुपमा सम्पत्ति आर्जन गर्नु, लगायतका कार्य पर्दछन् ।

 

 

भ्रष्टाचार हुनुका विभिन्न कारक तत्वहरुले भुमिका खेलेका हुन्छन् । जस्तै राजनैतिक, आर्थिक, सामाजिक, प्रशासनीक कारणहरु हुन सक्दछन् । जसमा राजनैतिक कारण अन्तरगत कमजोर लोकतान्त्रिक प्रणालीको अभ्यास, शक्तिको लालसा र दुरुपयोग, नाजायज चलखेल, नीतिगत रुपमा हुने अनियमितता, राजनीतिलाई सेवा भाव भन्दा पनि कमाउँने धन्धाका रुपमा प्रयोग गर्ने प्रबृत्ति, राजनैतिक अस्थिरता, अस्वस्थ प्रतिस्पर्धा आदि पर्दछन् भने आर्थिक कारण अन्तरगत धन कमाउने लालसा, देखासिकिमा एकैचोटी बिलासी बन्ने चाहाना, असिमित आवश्यकता र न्यून पारीश्रमिक आदि पर्दछन् । यस्तै सामाजिक कारण अन्तरगत धन हुनेलाई ज्यादा मानसम्मान गर्ने सस्कृति, अरुको देखासिकी गर्ने भड्किलो सामाजिक व्यवहार, व्यक्तिगत चरित्र र नैतिक मूल्य मान्यतामा ह्रास जस्ता बिषयहरु पर्दछन् । त्यसैगरी प्रशासनीक कारण अन्तरगत ढिला सुस्ती, केन्द्रीकरण, अधिकारको दुरुपयोग, सम्पति विवरणको सही लेखा जोखा नहुनु, अनुगमनको अभाव, कमजोड नियमन प्रणाली आदि पर्दछन् भने अन्य कारणहरुमा शिक्षा÷जनचेतनाको अभाव, राष्ट्रिय भावना प्रति सम्वेदनशीलताको कमी, वस्तु र सेवाको अभाव, पारदशिर्ताको अभाव, जिम्मेवारी बोध नहुनु, स्वेच्छाचारिता लगायत पर्दछन् ।

 

 

भ्रष्टाचारले राजनीतिमा पर्ने प्रभावलाई हेर्ने हो भने गलत नियतले राजनीतिमा लाग्न अग्रसर गराउने, राजनीतिक प्रभावका आधारमा नितिगत रुपमा हुने भ्रष्टाचारले राजनीतिक प्रणाली र पक्रियामा आमजनतामा वितृष्णा फैलिदै जान सक्ने संभावना रहन्छ । भ्रष्टाचारको प्रशासनमा पर्ने प्रभावमा अयोग्य कर्मचारीको छनौट हुन सक्ने, प्रशासनयन्त्रमा व्यक्तिगत फाइदालाई महत्व दिइएको खण्डमा प्रशासनमा जनताको विश्वास गुम्दै जाने संभावना रहन्छ । त्यसैगरी भ्रष्टाचारको अर्थतन्त्रमा पर्ने प्रभावलाई हेर्दा आधुनिक बैकिङ प्रणालीमा चुनौती हुन्छ भने देशलाई रित्याएर विदेशी बैंकमा धन राख्ने प्रवृत्ति बढ्छ । श्रोतमा हुने चुहावटले विकासको गति सुस्त हुन्छ भने ठेकापट्टामा अस्वस्थ्य प्रतिस्पर्धा, व्यापार व्यवसायको लागतमा बृद्धि, बजारभाऊ मुल्यवृद्धि, आथिक बृद्धिदर कम हुने, समग्रमा राज्य गरिब भई रहने र निर्माण कार्यहरुमा गुणस्तर कम हुने हुन्छ ।

 

 

त्यस्तै गरि भ्रष्ट्राचारको सामाजिक प्रभाव मुल्या«ङ्ककन गर्दा तडकभडक, नैतिकता हराउदै जानु, सामाजिक न्याय प्राप्तिमा कठिनाइ, हत्या, लागुऔषध दुव्यर्सन, वलात्कार, वेश्यावृत्ति जस्ता अपराधमा बृद्धि हुने, सभ्य समाज निर्माणमा कठिनाई लगायत देखिन्छ । भ्रष्ट्राचारले देशको छविमा नकारात्मक प्रभाव पारि विदेशी सहायता प्राप्तीमा समेत नकारात्मक प्रभाव पर्न सक्दछ । भ्रष्टाचारले न्याय प्राप्तिमा पार्ने प्रभाव हेर्दा कानूनको शासनको अभाव देखिन्छ । न्याय खरीद बिक्रिको बिषयवस्तु बन्न सक्ने हुन्छ । राज्यप्रति जनताको विश्वास गुम्न जाने र जब धन बोल्छ, तब सत्य चुप रहन्छ भन्ने उखान चरितार्थ हुने संभावना रहन्छ ।

 

 

भ्रष्ट्राचार नियन्त्रणको लागि सार्बजनिक पद धारण गरेका ब्यक्तिले कानुनको पालना र कानुन बमोजिम प्राप्त अख्तियारको दुरुपयोग गर्ने प्रबृत्तिको अन्त्य हुनै पर्दछ । सार्बजनिक ओहदामा बस्नेहरुले कम्तिमा पनि पदीय आचरणमा सुधार हुने हो भने अधिकांश भ्रष्टाचारका घटनाहरु कम भएर जान्छन् । भ्रष्टाचार नियन्त्रणका लागी अख्तियार दुरुपयोग आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई बढी प्रभावकारी बनाई ति निकायलाई स्वतन्त्र, निश्पक्ष र ब्यवशायिक स्वायत्त संस्थाको रुपमा बिकसित गरि सो अनुसारको कार्य गर्न जरुरी छ ।

 

 

पछिल्लो समय भ्रष्टाचार नियन्त्रणका लागी अख्तियार दुरुपयोग आयोग काम प्रभावकारी बन्न नसकेको आरोप लाग्ने गरेको छ । नीतिगत, राजनैतिक तहमा हुने भ्रष्टाचार रोक्न र माथिल्लो स्तरमा हुने भ्रष्टाचारलाई कारवाहीको दायरामा ल्याउन नसकेको आरोप घेरैले लगाउने गरेका छन् । सस्तो प्रचारका लागी तल्ला स्तरमा कर्मचारीलाई ५, १० हजार रुपैया बरामद गरेको देखाई प्रचारको शैली अपनाउने मात्रै गर्नु भन्दा पनि नीतिगत तहमा हुने भ्रष्टाचारको पहिचान र उच्च तहमा हुने भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चाल्न सकेको खण्डमा अख्तियार प्रतिको जनबिश्वास बढ्न गई भ्रष्टाचारको न्यूनिकरणमा समेत मद्धत पुग्न जानेछ ।

 

 

भ्रष्टाचार न्युनीकरणका लागी नागरीकहरुको तर्फबाट गरिने खबरदारीले बिशेष महत्व राख्दछ । नागरीक समाज, लगायतका संघ सस्थाबाट विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने, अनियमितता र भ्रष्टाचार गर्नेका बिरुद्ध कानूनी कारवाहीको प्रक्रियामा लैजान मद्धत पु¥याउने गर्नाले भ्रष्टाचार न्युनीकरणमा मद्धत पु¥याउदछ । सार्बजनिक सुनुवाई, सामाजिक लेखापरीक्षण लगायत माध्यमहरुलाई जनसहभागितामुलक बनाएर नागरीकको स्तरबाट समेत भ्रष्टाचार न्युनीकरणको लागि सम्बन्धित पक्षलाई सचेत बनाउन सकिन्छ ।

 

 

भ्रष्टाचारका रोकथामका उपायहरु हेर्ने हो भने दण्डात्मक कारवाही चलाउने, भ्रष्टाचारबारे अनुसन्धान, अभियोजन, विभागीय कारवाही, ध्यानाकर्षण गराउने, सचेत गर्ने, असुल उपर गर्ने, गलत काम सच्याउने, दण्ड र कारवाही पर्दछन् भने निरोधात्मक उपाय अन्तरगत प्रणालीगत सुधारमा गर्ने, आचारसंहिता बनाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, कार्यविधि निर्माण तथा कार्यान्वयन गर्ने, निरीक्षण र अनुगमन गर्ने, नीतिगत सुझावहरु संकलन गर्ने, नियन्त्रणात्मक भुमिका रहेका सरकारी निकायहरुलाई सजग गराउने कार्यले भ्रष्टाचार न्यूनिकरणमा मद्धत पु¥याउदछ । त्यस्तै प्रवद्धनात्मक उपाय अन्तरगत भ्रष्टाचार प्रतिको दृष्टिकोणमा परिवर्तन ल्याई शून्य सहनशीलताको स्थिति सृजना गर्ने, प्रचारप्रसार सामग्री उत्पादन एवं वितरण गर्ने, सञ्चार माध्यमको उपयोग गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा बहस चलाउने आदि गर्न सकिन्छ ।

 

 

देशमा गणतान्त्रिक लोकतन्त्रको स्थापना भएता पनि आम नागरिकले शुसासन र लोकतान्त्रिक पद्धतीको वास्तबिक रुपमै अनुभुति गर्न पाएको देखिदैन र्। पहिले थोरैले रजाई गर्थै अहिले धेरैले रजाई गर्ने तन्त्र भएको छ लोकतन्त्र’ भन्ने जनगुनासो सुनिनु आफैमा राम्रो कुरा होईन । अहिले देशमा तिन तहको निर्वाचन सम्पन्न भई स्थानिय सरकार समेत गठन भै सिंह दरवारको अधिकार गाउँ गाउँमा पुगेको भनिए पनि सिंह आए पनि दरवार गाउँसम्म आई नपुगेको आमजनताको गुनासो रहेको छ । स्थानिय तहमा निर्वाचित कतिपय पदाधिकारीहरु अहिले पनि आमसेवाग्राही प्रति जवाफदेहि र उत्तरदायी बन्न नसकेको भनाई सेवाग्राहीबाट आउनुले सुशासन कायम राख्नमा जनप्रतिनिधिले धेरै गर्न बाँकी रहेको देखिएको छ । अझ स्थानिय तहका कर्मचारी समेत घुस रकम सहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको घटना सार्वजनिक हुनुले सुशासन कायम राख्न र भष्टाचार नियन्त्रणमा स्थानिय तह जिम्मेवार भई लाग्न जरुरी छ ।
भ्रष्टाचार देश विकासको सबैभन्दा ठुलो शत्रु हो । त्यसैले भ्रष्टाचार कहाँ र कसरी हुन्छ र यसको रोकथामको लागि को कसले के कस्तो भुमिका रहनु गर्नु पर्दछ बारे जनचेतना फैलाई प्रभावकारी कार्यको थालनी गरिनु पर्दछ । राजनीतिलाई बमाउने पेशा बनाउने र राजनीतिक आडमा हुने भष्टाचारलाई रोकिनु पर्दछ । भ्रष्टाचार गरेर कालो धन थुपार्ने र धनको रवाफ देखाउनेहरुलाई सामाजिक बहिष्कार गरि भ्रष्टाचार बिरुद्धको अभियानलाई सशक्त र प्रभाकारी बनाई भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याइनु पर्दछ । अख्तियार एक्लो प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण हुन नसक्ने भएकाले सरकारी संयन्त्रका साथै आमनागरिक, नागरिक समाज, संचार लगायतका सबै सरोकारवाला निकायले पनि आवश्यक सहयोग पु¥याई भ्रष्टाचार गर्ने आम प्रवृत्तिलाई अन्त्य गर्न सबैले आ आफ्नो क्षेत्रबाट लाग्न जरुरी छ । (लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया