कोहलपुरमा सामुदायिक समिति

कोहलपुर नगरपालिकामा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सेवा केन्द्रको शुभारम्भ गरे ।

 
नारायण प्रसाद गौडेलको अध्यक्षतामा गत वैशाखमा बनाइएको समितिले सोमबारदेखि सेवा सुरु गरेको हो । ‘अब कार्यालय स्थापनासँगै सामुदायिक सेवाका आधारभूत कामहरु सुरु भएका छन्’, तीन बर्षभित्रै आफ्नै भवन बनाउने गरी काम अगाडि बढाइने जानकारी दिंदै अध्यक्ष गौडेलले दैनिक नेपालगन्जसँग भने, ‘कोहलपुरमा सामुदायिक सेवा केन्द्रको आवश्यकता महसुस भएरै संस्था सञ्चालनमा ल्याइएको हो ।’

 
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत, प्रहरी वरिष्ठ उपरीक्षक घनश्याम अर्याल, सशस्त्र प्रहरी उपरीक्षक बसन्त बोगटी, इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराज हमाल, इप्रका कोहलपुरका प्रमुख यज्ञराज भट्टराई लगायत सहभागी थिए । सामुदायिक केन्द्रका लागि कोहलपुर नगरपालिकाले १ कठ्ठा १० धुर जग्गा पनि प्रदान गरेकाले भवन निर्माण कार्य अगाडि बढाउने विषयमा कसरत भैरहेको अध्यक्ष गौडेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया