बाँकेका प्रजिअ केसीको सरुवा, भुजेल आउँदै

बाँकेको प्रमुख जिल्ला अधिकारीमा मदन भुजेल आउने भएका छन् । गृह मन्त्रालयले बुधबार प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई मोरङ सरुवा गर्दै उनको ठाउँमा भुजेललाई बाँकेको जिम्मेवारी दिएको हो । भुजेले कपिलवस्तुका प्रजिअ हुन् । उनको ठाउँमा कपिलवस्तुमा गृह मन्त्रालयबाट अर्जुन पोखरेललाई पदस्थापन गरिएको गृहमन्त्रालयले जनाएको छ ।

 
‘बाँकेमा रहँदा बस्दा कुनै अनुचित अवस्था देखा परेन’, दैनिक नेपालगन्ज संग कुरा गर्दै प्रजिअ केसीले भने, ‘यद्यपि औपचारिक रुपमा कुनै परिपत्र नआएपनि सरुवा प्रक्रिया बिस्तारै पूरा हुने जानकारी आएको छ ।’

 
प्रमुख जिल्ला अधिकारीको रुपमा बाँकेमा रहेका केसी निकै सरल स्वभावको रहेको र सेवाग्राहीमैत्री रहेको बताइएको छ । यति चाँडै सरुवा किन भएको भन्ने सन्दर्भमा कुनै जानकारी नआएको केसीले बताए । ‘सामान्य रुपमा कम्तिमा दुई वर्ष बस्नु पर्ने कार्यकाल हुन्छ’, केसीले भने, ‘देश आफ्नै हो, जहाँ गएपनि काम र सेवाबाट प्रभाव छर्नुपर्छ ।’

 

 

प्युठानमा बद्रीनाथ गैरेले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् । प्रहरी किताबखानाका निर्देशक गैरे प्युठान प्रजिअमा पदस्थापन भएका हुन् । प्युठानका डा. प्रजिअ डा. कृष्ण घिमिरे सुनसरी सरुवा गरिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया