भारतीय सवारीमा ट्राफिक निगरानी

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले भारतबाट बिना इन्ट्री भित्रिने सवारीसाधनलाई लक्षित गरी सीमा क्षेत्रमा चेकजाँच बढाएको छ । प्रहरीले भारतीय नम्बर प्लेटका मोटरसाइकल, कार, जिप र गाडीहरुमा ट्राफिकले छड्के चेकजाँच सुरु गरेको हो । ‘विना इन्ट्री भातरीय नम्बर प्लेटका सवारी साधन भित्रिने गरेको गुनासो सुनिएपछि चेकजाँच अघि बढाइएको हो’, बिहिबार जमुनाह नाकामा चेकजाँच बारे जानकारी दिंदै जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हिरेन्द्र रोकाय भने, ‘छड्के रुपमा चेकजाँचलाई निरन्तरता दिनेछौं ।’

 

भारतबाट चोरीका यातायातका साधन भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कागजातहरुको राम्रोसँग चेकजाँच गरिएको रोकायले बताए । सीमा क्षेत्रमा ट्राफिक प्रहरीको चेकजाँच नियमित नहुने गरेको अवस्थामा ट्राफिक प्रहरीले छड्के चेकजाँच गरेको हो ।

 

‘खुला सीमा रहेकाले भारतीय नम्बर प्लेटका यातायातका साधन नेपाली नम्बर प्लेट सरह गुडिरहेको पाइन्छ’, प्रमुख रोकायले भने, ‘यसलाई चेकजाँच गर्दै नियमन गर्दै अगाडि बढिनेछ ।’ विना हेल्मेट, मोटरसाइकलमा क्षमता बढी सवारी बोकेको, कागजात नबोकेको व्यतिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया