दाङ्ग तुलसीपुर स्थित सविन मोबाइल सेन्टरमा चोरी भएको हो ।
दाङको तुलसीपुर स्थित वि.पी. चौकमा रहेको सविन मोवाईल सेन्टरमा चोरी भएको छ । गएराति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको चौक मा चोरी हुंदा झण्डै दश लाख वरावरका व्राण्डेड मोवाईलहरु चोरी भएको प्रहरीले जनाएको छ । चार जनाको संख्यामा आएका व्यक्तिहरुले मुख्य सटरको लक फोडी पसल भित्र चोरी गरेको पसलको सि.सी. क्यामरामा देखिएको छ । हिजो मात्रै पसलमा नयां मोवाइल सेटहरु काठमाडौवाट ल्याइएको संचालक सितल वि.क.ले जानकारी दिनु भयो ।
यता इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले चोरी गर्ने गिरोहको खोजी कार्य व्यापक वनाएको वताउनु भएको छ । उहांका अनुसार सिसी क्यामराको फुटेजको आधारमा पनि चोरहरु प्रकाउ गर्न केही मदत पुग्ने वताउनु भयो ।
यता तुलसीपुर स्थित मोवाईल इलेक्ट्रोनिक संघले घटनाको विरोधमा विहीवार विहान सबै मोवाईल पसलहरु वन्द गरेका छन् । संघका अध्यक्ष दुर्गा प्रसाद भुसालको नेतृत्वमा तुलसीपुर उद्योग वाणिज्य संघमा पुगी छलफल समेत गरिएको छ ।
छलफलमा वोल्ने वक्ताहरुले तुलसीपुरको शान्तिसुरक्षामा गम्भिर वन्न समेत सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा निवर्तमान अध्यक्ष विमल रिजाल ,वडा नं. ५ का अध्यक्ष विरेन्द्र शाह , महासचिव रुप वहादुर खत्री, प्रेस सल्लाहकार शरद रेग्मी, वरिष्ठ सदस्य यज्ञ वहादुर के.सी., व्यवसायीहरु नारायण वली लगायतले आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिन सम्वन्धीत निकाय संग माग समेत गरेका छन् ।कार्यक्रमको संचालन संघका सचिव झग्गु प्रसाद सापकोटाले गर्नु भएको थियो ।
यसै विच घटना प्रति तुलसीपुर उद्योग वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कार्यवहाक अध्यक्ष राम प्रसाद चालिसे र महासचिव रुप वहादुर खत्रीले संयुक्त विज्ञप्ती जारी चोरीका घटनाहरु पटक पटक दोहोरिनु दुःखत भएको भन्दै दुःख व्यक्त गरिएको छ । हामी हाम्रा व्यवसायीहरुको सुरक्षामा चासो दिन र मुख्य तथा सहायक स्थानहरुमा निगरानी वढाउन स्थानिय प्रशासन संग माग गर्दछौं विज्ञप्तीमा भनिएको छ ।
यसै विच दाङको तुलसीपुरमा एक साता देखि होटलमा कोठा लगेर वसिरहेको भारतका २८ जना नागरिकहरुलाई उद्योग वाणिज्य संघको रोहबरमा स्थानिय प्रशासनको जिम्मा लगाइएको छ । एक साता देखि गाउ गाउंमा ग्यांस चुलो र मोवाईल विक्री गर्दै आईरहेका वराईचका नन्के शर्माको टोलीलाई सामानहरु विक्री गर्दै गरेको अवस्थामा वाणिज्य संघले नियन्त्रणमा लगेको हो । भन्सार छलेर ल्याएका सामानहरु चर्को मुल्यमा गाउं मा एक साता देखि विक्री गर्दै आएको तथ्य फेला परे पछि संघले आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय र आन्तरिक राजश्व कार्यालय तुलसीपुरलाई अनुरोध गरेको संघका सचिव विनिल के.सी.ले जानकारी दिनु भयो । उनीहरुवाट दर्जनौ थान ग्यांस चुलो र मोवाईल सेटहरु समेत वरामद गरिएको छ ।