लायन्समा पद हस्तान्तरण

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ अन्तर्गतका विभिन्न स्थानीय क्लबहरु लायन वर्ष सन् २०१८÷१९ का लागि पद हस्तान्तरण थालेका छन् । त्यसक्रममा आइतबार मात्रै लायन्स क्लब अफ नेपालगन्ज बाँके एनएलएफ र इन्नोभेटिभले पद हस्तान्तरण कार्यक्रम गरेको हो ।

 

लायन्स क्लब अफ नेपालगन्ज बाँके एनएलएफका अध्यक्ष निरज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बर्ष २०१८÷०१९ का अध्यक्ष जितेन्द्र कुमार जोशीलाई पद हस्तान्तरण गरिएको छ । प्रमुख अतिथि डिष्ट्रिक एडभाइजर शशी स्वाँरले क्लबको आगामी कार्यक्रम समाजलाई उल्लेखनीय योगदान पुर्याउने खालको होस् भन्ने कामना गरिन् । जोशी नेतृत्वको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष विजय भण्डारी, द्वितीय उपाध्यक्ष गुञ्जन सेठिया, तृतीय उपाध्यक्ष सिकन्दर हलवाई, सचिव प्रिन्स जैन र राजेश श्रेष्ठ कोषाध्यक्ष छन् ।

 

अध्यक्ष गौतमले आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैलाई कार्यक्रम बीच मायाको चिनो पनि प्रदान गरेका थिए । ‘योजना अनुसार काम गर्न मेरो कार्यकाल सफल रह्यो’, गौतमले भने ।

 

त्यस्तै, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको प्रमुख आतिथ्यतमा लायन्स क्लब अफ नेपालगन्ज इन्नोभेटिभले पद हस्तान्तरण कार्यक्रम आयोजना गर्यो । क्लब अध्यक्ष विनय श्रेष्ठको अध्यक्षमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष मुकुट ढकालले क्लब स्थापनाको उद्देश्यबारे प्रकाश पारेका थिए । श्रेष्ठले किशोर आचार्यलाई लायन बर्ष २०१८÷०१९ को नेतृत्व हस्तान्तरण गरेका हुन् । आचार्यको अध्यक्षतामा रहेको नयाँ कार्यसमितिमा मिना सुवेदी प्रथम उपाध्यक्ष, विष्णु ढकाल द्वितीय र सिर्जना आचार्य तृतीय उपाध्यक्ष छन् ।

 

ऋचा लुइटेल सचिव र पुजा श्रेष्ठ कोषाध्यक्ष रहेको इन्नोभेटिभले पद हस्तान्तरणका क्रममा नयाँ कार्यकालका लागि गरिने कार्यक्रम बारे पनि प्रस्तुति गरिएको संस्थापक अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया