मन्त्रीपरिषद्को निर्णयले उथलपुथल, तत्कालीन सरकारले गरेका सयौंको नियुक्ति धरापमा

काठमाडौं/समाचारदाता

मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । २०७४ फागुन ३ गते वर्तमान सरकार गठन भएको थियो ।
यससँगै विगतको सरकारले जाँदाजाँदै गरेका निर्णयहरु खारेज हुने भएको छ । निर्णयकै कारण प्रदेश प्रमुखदेखि लिएर विभिन्न संस्थामा नियुक्ती पनि धरापमा परेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया