नवजात शिशुको शव फेला

नेपालगन्ज वडा नं.१२ मा नाली सफा गर्ने मृत अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार प्लास्टिक थैली बेरेर फालिएको मृत शिशु नालीमा फेला परेको हो । आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी भनाई छ ।

मृत शिशुको शव नेपालगन्जको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया