सिमा क्षेत्रको असूली इन्चार्जको संलग्नता आशंका

कारवाही अघि बढेपछि रकम सटही गराउन रुपईडिहा पठाएको प्रहरी इन्चार्जको दावी
समाचारदाता
दैनिक नेपालगन्ज

 
हिमाली र पहाडी जिल्लाबाट भारतीय क्षेत्रमा रोजगारी गर्न जाने यात्रीहरुबाट नेपालगन्ज रुपईडिहा नाकामा चेकजाँचका लागि खटिएका प्रहरीले अवैध असूली गर्दै आएको तथ्यमा कारवाही अघि बढेको छ । सो असूली कार्यमा इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सुनील कुमार शाह र थप केहि प्रहरी अधिकारीको संलग्नता रहेको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान सुरु गरेको जनाएको छ । ‘घटनाबारे सुक्ष्म अनुसन्धान भैरहेको छ’, जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ्गले भने ।

 
ट्राभल एजेन्सीबाट यात्री पठाएबाट कमिशनमा खटिएका प्रहरी हवल्दार मान बहादुर अधिकारीको बचाउ गर्दै इन्चार्ज शाहले आफुले भारु सटही गर्न हवल्दार अधिकारीलाई रुपईडिहा पठाएको बताएका छन् । यद्यपि कति रकम, कुन बैंकबाट झिकेको वा कुन प्रयोजनका लागि भारु गराएको सम्बन्धमा इन्चार्ज शाहले खुलाएनन् । जमुनाहा क्षेत्रमा नै शुक्रवार सेवाग्राहीबाट रकम असूली गरिरहेको एक प्रहरी अधिकारी थप दैनिक नेपालगन्जको क्यामेरामा कैद भएका छन् ।
भारतीय विभिन्न सहरमा मजदुरीका लागि जाने आम नेपाली नागरिकबाट सिमाक्षेत्रमा अवैध असूली गर्दै आएका प्रहरी हवल्दार अधिकारी र इन्चाज शाह बारे जिल्ला प्रहरी कार्यालय बाँकेले थालेको आन्तरिक अनुसन्धानमा उनीहरुले भारु सटही गराउन रकम लिएर गएको दाबी गरेका छन् ।

 
भारतीय ट्राभल एजेन्सीका पदाधिकारीले आफुलाई यात्री दिए वापत रकम दिएको खुलासा गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले कारवाहीका लागि अधिकारीलाई विहिवार झिकाए लगत्तै इन्चार्ज शाहले बचाउको पक्षमा उत्रिएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया