बाँकेको राधापुर साक्षर वडा घोषणा

बाँकेको खजुरा गाउँपालिका वडा नं. १ राधापुरलाई साक्षर वडा घोषणा गरिएको छ ।

 

राधापुरको मैटहवा माविमा आयोजित कार्यक्रममा वडाध्यक्ष सुमन मल्लले साक्षर वडा घोषणा गर्दै अब राधापुरमा कुनै पनि नागरिकले कामकाजका क्रममा औठाछाप नलाउने बताए । वडाध्यक्ष मल्लले साक्षरता उन्मुलन समृद्धिको कडी भएको बताउँदै राधापुर बालमैत्री वडा घोषणाको तयारीमा अगाडि बढाएको बताए । राधापुरमा ४ हजार २६२ जनसंख्या रहेकोमा १५ वर्षदेखि ६० वर्ष उमेर समूहमा पर्ने २ हजार ९६२ जनामा २ हजार ८९० जना साक्षर भएकाले उक्त वडालाई साक्षर वडा घोषणा गरिएको राधापुर सामुदायिक केन्द्रका अध्यक्ष सुन्दर गुरुङले जानकारी दिए ।

 

वडाका विभिन्न भागमा परिक्रमा गरी सचेतनामुलक ¥याली कार्यक्रम स्थल पुगेको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य बाबुराम गौतम, जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिलगायतले खजुरा गाउँपालिकालाई समृद्धि बनाउने आधारका रुपमा साक्षर घोषणा पहिलो कडी भएको उल्लेख गरे । समृद्धिका पाइला र राधापुर सामुदायिक केन्द्रको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुले ‘शिक्षा’लगायत विषयमा गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया