रेडियो सद्भाव सबैको रेडियो ९१.२ मेगाहर्जमा प्रशारण हुने लोकप्रिय कार्यक्रम म्युजिक अन च्वाईसले आज आफ्ना श्रोतासँग भेटघाट गरेको छ ।
यस क्षेत्रमै लोकप्रियता हासिल गर्न सफल कार्यक्रम एमओसी रिलोडेडले आज छैटौ पटक श्रोता भेटघाट गरेको कार्यक्रम सञ्चालक समिरमान श्रेष्ठले जानकारी दिनुभयो । गेट टुगेदर प्रोग्रामका लागि बाँके, बर्दियासँगै चितवन , काठमाडौं, सुर्खेत लगायतका विभिन्न ठाउँहरुबाट श्रोताहरु नेपालगन्जको ओम पार्टी प्यालेस एन्ड रिसोर्ट आएको प्रस्तोता श्रेष्ठले बताउनुभएको छ ।
विगत १३ वर्षदेखि निरन्तर सन्चालनमा रहेको कार्यक्रम म्युजिक अन च्वाईस विसं २०६१ सालमा रेडियो बागेश्वरी नेपालगञ्जबाट सुरु भएको थियो । त्यसपछि केहिवर्ष रेडियो एक्सपे्रसबाट सन्चालमा आएको कार्यक्रम अहिले म्युजिक अन च्वाईस रिलोडेडका नामबाट नेपालगञ्ज स्थित रेडियो सद्भावमा प्रशारण हुने गर्छ ।
छोटो समयमा श्रोताहरुको रोजाईमा पर्न सफल रेडियो —रेडियो सद्भावमा शुक्रबार र शनिवार बाहेक हरेक दिन साँझको समय साढे ६ बजेदेखि पौने ९ बजेसम्म कार्यक्रम प्रशारण हुने गर्छ ।