निर्माण व्यवसायीहरुले नरैनापुर गाउँपालिकामा टेण्डर दर्ता गर्न नदिइएको गुनासो गरेका छन् ।
३०औं दिन हिजो सार्वजनिक बिदा भएपछि आज १२ बजेसम्म टेण्डर दर्ताको समय थियो । हामी समयमै पुगेका थियौं निर्माण व्यवसायी जितेन्द्र बहादुर हमालले भने, तर टेण्डर दर्ता नगरेर फालियो ।
समय सकियो भनेर हाम्रो टेण्डर दर्ता नगरिएपनि अरुको भने दर्ता गरिरहेका छन्, दैनिक नेपालन्जसगको सम्पर्कमा हमालले भने । नरैनापुर गाउपालिका प्रमुख इस्तियाक अहमद शाह र कार्यालय प्रमुख दुवै काम विशेषले बाहिर रहेको बुझिएको छ ।
कुल मिलाएर ४ करोड बढीको टेण्डर गाउँपालिकाले आव्हान गरेको थियो ।