२० औँ भुकम्पिय सुरक्षा दिबस, नेपागन्जमा प्रभातफेरी

माघ २, बाँके

सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ नाराका साथ २० औं भूकम्पीय सुरक्षा दिवस आज मनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाट सुरुभएको प्रभातफेरी कार्यक्रममा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, रेडक्रस बाँकेका प्रमुख र  राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । प्रभातफेरी जिल्ला प्रसासन, त्रिभुबन चोक, बि.पी चोक हुदै नेपालगन्ज उपमहानगरपालीकामा आएर कोण सभामा परिणत भएको थियो । कोण सभा कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालीकाका प्रमुख डा.धबल शम्सेर राणाले नेपालगन्जमा नगरपालीका भित्र भबन कोडहरु बनाउने कार्यको शुरुवात गरिने बताउनु भएको छ । बि.स २०७२ को भुकम्पले के देखाउछ भने नेपालमा खुल्ला क्षेत्रको कमी रहेको पाईएको छ । अब नेपालगन्ज उपमहानगरपालीकाका सबै वडाहरुमा रहेका ऐलनी जग्गालाई नगरको स्वामित्वमा लिएर  एउटा चिल्ड्रेन पार्क सम्मको ब्यबस्था गर्ने पनि उहाले उल्लेख गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमेस केसीले ७२ को भुकम्पले हामीलाई धेरै सिकाएको छ, भुकम्पका बेलामा कसरी बच्ने भनेर कस्ता रणनिति अपनाउने त्यस बारेमा स्थानिय स्तर देखि केन्द्रिय तहसम्म रणनितिक योजनाको आबश्यकता रहेको उहाले बताउनु भयो ।

कार्यक्रममा शसस्त्र प्रहरी बागेश्वरी गणले भुकम्पका बेलाम भुकम्प सामाग्रीको कसरी प्रयोग गर्ने भनेर भुकम्प सामाग्रीको प्रर्दशन समेत गरेको थियो । कार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुख, र सरोकारवाला निकायको उपस्थिती रहेको थियो ।

source : npjlocalnews.blogspot.com

प्रतिक्रिया

प्रतिक्रिया