आरआरएनले बाँकेको राप्तीसोनारीका शिललहर प्रभावितलाई राहत सामाग्री वितरण गरेको छ ।
आरआरएनले मुस्लिम एड सँगको सहयोगमा राप्ताीसोनारी–४ का ज्येष्ठ नागरिक, महिला र अपांगता भएकाहरुलाई सहयोग वितरण गरेको हो । बाढी प्रभावित क्षेत्रका बासिन्दालाई ५ सय १० थान कम्बल र २ सय ५५ थान पछ्यौरा वितरण गरिएको हो ।
वडाध्यक्ष कान्छा थारुले न्यानो कपडा वितरण गरिएको आभार व्यक्त गर्दै यसले नागरिकमा राहत पुगेको प्रतिक्रिया दिए ।