चिसोबाट जोगाउन अस्थायी घर

बा“के राप्तीसोनारी गाउपालिकाका २ सय ३८ घर परिवारलाई चिसोबाट जोगाउन अस्थायी घर (टहरा) निर्माण गरिएको छ । बाढीले घरबारविहीन भएका बाढीपीडितहरुलाई अस्थायी घर टहरा निर्माण गरिएको हो । युनिक नेपाल र महिला उपकार मन्चले हबीटट फर ह्युमनीटीको आर्थिक सहयोगमा पहिलो चरणमा राप्ती सोनारीका २ सय ३८ घरबार विहीन बाढीपीडितहरुका लागि अस्थायी निर्माण गरेका हुन् ।

 

कठ्ङग्रिने चिसोमा टहरा पाएपछि उनीहरुलाई केही हदसम्म भएपछि राहत महसुस गरेको बाढीपीडितहरुले प्रतिक्रिया दिए । ‘बाढीले घर भत्काएपछि गोठमा बास भएको थियो’, राप्ती सोनारी गाउपालिका ४ धामपुरका चुल्हवा थारुले भने,‘अस्थायी घरले पनि ठूलो राहत महसुस भएको छ ।’

 

गत साउन २७ गते आएको बाढीले बा“केमा ९ हजार बढी परिवार बिस्थापित भएका थिए । पूर्णरुपमा क्षति भएका बाढीपीडितहरु अझै पनि घरविहीन छन् । कतिपय बाढीपीडितहरु सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् ।आफ्नै जग्गामा बसेका पीडितहरुका लागि टहरा निर्माण गर्न थालिएको हो ।

 

 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद पौडेलले जिल्ला दैबी प्रकोप उद्दार समितिको समन्वयमा टहरा निर्माण भइरहेको जानकारी दिए । राप्ती सोनारी गाउपालिकाको चाचाफर्का, धामपुर, पर्शुरामपुर, लालपुर लगायतका गाउ“का बाढीपीडितहरुले टहरा पाएका हुन् । राप्ती नदीको बाढीले त्यहा“का सर्वसाधारणहरुको घर भत्किएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया