नेपालगन्ज उपमहानगरपालिकाद्वारा धुलो रहित सडक अभियान

नेपालगञ्ज पुष २६ गते– सडकको धुलो संकलन कार्यलाई व्यापकता दिइदैछ । धुलो उडेर हैरानी भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले सुर्खेत रोड लगायतका मुख्य सडकहरुमा सरसफाईकर्मी नै परिचालित गरेर धुलो उठाइरहेको छ ।

 

धुलोका कारण सडक फोहर हुनुका साथै मानव स्वाथ्यलाई समेत असर पु¥याउँदै आएपछि उपमहानगरपालिकाले मंगलबारदेखि नै धुलो उठाउन शुरु गरेको हो । सडक किनारमा थुप्रीएको धुलो बडारेर २ वटा ट्रयाक्टरमार्फत उठाइने कार्य भइरहेको छ । ८ जना सरसफाईकर्मीलाई परिचालित गरेर धुलो संकलन कार्यलाई प्रभावकारी बनाइदै लगीएको उपमहानगरपालिकाका बातावरण तथा सरसफाई इन्जिीनियर प्रकाश डीसीले जानकारी दिनु भयो । सडकको धुलो सरसफाई अभियान एक हप्ता सम्म जारी रहने इन्जिनीयर डिसीले जनाउनु भयो । एक हप्ताभित्र सुर्खेतरोड धुलोरहित बन्ने विश्वास गरिएको छ ।

 

अभियान लगत्तै स्थानीय उद्योगी/व्यवसायीलाई फोहर नगर्न अपील गर्दै फोहर जथाभावी फाल्ने÷गर्नेलाई कानूनी सजाय बारे सचेत गरिने उपमहानगरपालिकाको तयारी छ । यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा न २ ले एक हप्ता अघि देखि नै आफनो क्षेत्रका सम्पूर्ण सडकमा धुलो उठाईरहेको छ । केस नामक नीजी सस्थासँगको सहकार्यमा एक हप्ता सम्म घरबारी टोल, न्यूरोड, सेतु विक चौक हुँदै बसपार्क रोड, कारकाँदो चौक सम्मको सडकको धुलो उठाइएको वडा अध्यक्ष सुनिल सिंह हमालले जानकारी दिनु भयो ।

प्रतिक्रिया

प्रतिक्रिया