राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले सकारात्मक हुदै निरन्तर काममा क्रियाशिल रहेमा सफलता हासिल हुने बताएका छन् ।
बासको आयोजनामा आज नेपालगन्जमा आयोजित उत्प्रेरणा प्रबचन कार्यक्रममा युवाहरुलाई लक्षीत गरि उनले यस्तो बताएका हुन । पछिल्लो समय युवाहरुको माझ लोकप्रीय बन्दै गएको आधुनिक प्रविधिको अध्ययन तथा अनुसन्धानमा प्रयोग गर्न समेत उनले अनुरोध गरे ।
युवाहरुको सफलताको सुत्र के हो, सूचनाको हकको महत्व, त्यसका क्षेत्रमा भएका प्रयासहरु सँगै बाँस्कोटाले आफ्नो जिवनको सफलताको अनुभव सुनाएका थिए । बाँस्कोटाको झण्डै १ घण्टा लामो उत्प्रेणात्मक मन्तब्य पछि सहभागिहरुले उनको मन्तब्यले जिवनमा नविनतम उर्जा मिलेको बताएका थिए । प्रबचनको क्रममा बाँस्कोटालाई सहभागिहरुले विभिन्न प्रश्नहरु राखेका थिए जसको जवाफमा उनले विश्वमा सफल तथा चर्चीत ब्यक्तिहरुको उदाहरण सहित प्रष्ट्याएका थिए ।
कार्यक्रम निकै प्रभावकारी रहेको सहभागिहरुले बताएका थिए । बासका ईन्स्पाईरिङ्ग युथ कार्यक्रम संयोजक खेम बिष्टले संचालन गरेको कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । कार्यक्रममा बासका पदाधिकारीहरु तथा साधारण सदस्यहरु, विभिन्न संघ सस्था, सरकारी कर्मचारी लगायत गरी ५० बढीको सहभागिता रहेको थियो ।