नेपालगन्जको तापक्रम ४ डिग्री मात्रै !

नेपालगन्जको तापक्रम ह्वात्तै घटेको छ ।

 

जल तथा मौसम विज्ञान विभागको अनुसार, नेपालगन्जको न्यूनतम तापक्रम घटेर ४.२ डिग्री पुगेको हो । नेपालगन्जको अधिकतम तापक्रम भने १५.४ डिग्री पुगेको छ ।

 

 

 

विद्यालय विदाको आग्रह
विद्यालयहरुलाई निर्देशन गर्ने कार्यालयको रुपमा स्थापित शिक्षा कार्यालय बाँकेले चिसो बढेकोले विद्यालय विदा गर्न आग्रह गरेको छ ।

 

आइतवार एक सूचना जारी गरी अनुकूल मौसम नहुँदा सम्मका लागि संचित विदाबाट मिलान हुने गरि विद्यालय विदा गर्न आग्रह गरेको हो । यद्यपि फोन सम्पर्कमा सहायक शिक्षा अधिकारी गोरख थापाले विद्यालय विदा नभएको बताए ।

 

बाँके सहित देशका विभिन्न भागमा शितलहर सगै चिसो बढेपछि जनजिवन प्रभावीत बनिरहेको अवस्थामा शिक्षा कार्यालयले बालबालिको हितका लागि विद्यालय संग आग्रह गरेको जनाएको छ ।

 

कठ्ग्रिदो चिसोले साँझ विहान झनै समस्या हुने गरेको बाँकेमा जिल्ला शिक्षा कार्यालय बाँकेले एक सार्वजनिक सुचना जारी गरि पौष मसान्त सम्म जिल्लाका सम्पुर्ण विद्यालयहरु वन्द गर्न आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार, आइतबार नेपालगन्जको अधिकतम तापक्रम १५.४ र न्यूनतम ८.५ डिग्री सेल्सियस रह्यो ।

प्रतिक्रिया

प्रतिक्रिया