घर दैलो मै आखा उपचार सेवा

नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल नेपालगन्जले जिल्लाका गाउँपालिकाहरुमा नागरिक लाई घरदैलो मार्फत अगाा उपचार सेवा थालेको छ । अस्पतालले गाउँपालिकाको सहकार्यमा निःशुल्क आँखा शल्यक्रिया तथा औषधी उपचार सेवा शिविर संचालन गरेको छ । शिविरमा ३३०७ जना भन्दा बढि ब्यक्तिको निःशुल्क आँखा परीक्षण गरेको हो ।

 

 

परीक्षण गरिएका ब्यक्तिहरु मध्ये ९३१ जनालाई मोतिबिन्दु अप्रेशनका लागि रेफर गरिएकोमा ५०५ को सहुलियतमा अस्पताल शल्यक्रिया हुने भएको हो, सामुदायिक कार्यक्रम इन्चार्ज उमेर सादिकले बताए । अस्पतालले प्रथम चरणमा जानकी गाउँपालिका, खजुरा गाउँपालिका र डुडुवा गाउँपालिकाको सबै वडामा निःशुल्क आँखा उपचार परीक्षण शिविर संचालन गरेको छ । स्थानीय तहमा जनप्रतिनिधि मार्फत समन्वय र सहकार्य गर्न सजिलो भएको अस्पताल प्रबन्धक डा.कौशल कुमार वर्माले बताए ।

 

स्थानीय प्रतिनिधीहरुले आँखा उपचार कार्यक्रमले नागरिकलाई तत्काल लाभ हुने भएकोले प्रभावकारी भएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने बताएको डा.बर्माले जानकारी दिए । अस्पतालले बिभिन्न चरणमा गरी बाँके र बर्दियाको प्रत्येक गाउँपालिकाको हरेक वडामा निःशुल्क आँखा शिविर संचालन गर्ने लक्ष्य राखेको र सो अनुसार सम्बन्धित गाउंपालिकाहरुसंग समन्वय भई रहेको प्रबन्धक डा.वर्माले बताए ।

 

अस्पतालको सामुदायिक सेवालाई अझ प्रभावकारी र सर्बसुलभ बनाउन अस्पतालले आगामी माघ महिना भित्र बर्दियाको बारहबर्दिया र ठाकुरद्धारा नगरपालिकामा थप २ वटा आँखा उपचार केन्द्र संचालन गर्न लागको हो ।
हाल अस्पतालले बर्दियाको सानोश्री, बांसगढी, राजापुर, सुर्खेतको मेहेलकुना, दैलेखको दुल्लु र डोल्पाको जुफालमा गरी ६ वटा आँखा उपचार केन्द्र र घुम्ती शिविर मार्फत सेवा पुर्याउंदै आएको छ ।

 

२०७४ माघ महिना भित्र बर्दियामा २ वटा आँखा उपचार केन्द्र थप्ने कार्यक्रम रहेको प्रबन्धक वर्माले बताए । त्यसैगरी सडक र बिद्युतको पहुंच हुने बित्तिकै बाँकेको राप्तीपारी बघौडा क्षेत्रमा समेत आंखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको प्रबन्धक वर्माले बताए ।

 

फत्तेबाल आँखा अस्पतालमा हाल भारतीय राजदूतावास र जिल्ला समन्वय समिति बाँकेको आर्थिक सहयोगमा आधुनिक शल्यक्रिया कक्ष, वार्ड, भित्री सडक, प्राइभेट क्याबिन, तालिम कक्षसहितको भौतिक पूर्वाधारको बिस्तार जारी छ ।

 

अस्पतालमा बाल आंखा बिभाग संचालन रहेकोमा शीघ्र आंशुनलीको बिशेषज्ञद्वारा अप्रेशन (अकुलोप्लाष्टी बिभाग), रेटिना बिभागको समेत संचालन गरिने र क्रमशः फत्तेबाल आंखा अस्पताललाई बिभिन्न बिशेषज्ञ सेवासहितको एमडी समेत अध्यापन गराइने नेत्र बिज्ञान अध्ययन संस्थानको रुपमा बिकास गरिने लक्ष्य राखिएको प्रबन्धक डा. वर्माले जानकारी दिए । फत्तेबाल आंखा अस्पताल भारतीय क्षेत्रमा समेत ख्याति प्राप्त गरेको र भारतीय बिरामीहरुलाई समेत आकर्षित गर्न सफल रहेको पाइएको छ । जसअनुसार अस्पतालले वार्षिक ५० हजार भन्दा बढी भारतीय सेवाग्राहीहरु लाई सेवा दिँदै आएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया