भुवर भवानी मन्दिरमा मेला लगाउने तयारी

बाँके(अगैया), पुस २३

 

हरेक वर्षझै यसवर्ष पनि बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ बैजापुरस्थित भुवर भवानी मन्दिर परिसरमा मेला लाग्ने भएको छ । माघी पर्वको अवसरमा लाग्ने मेला भर्न तथा मन्दिरमा पुजापाठ गर्न बाँके, बर्दिया, दाङ लगायत भारतका विभिन्न ठाउँबाट ठुलो संख्यामा भक्तजनहरु आउँछन् ।

 

मन्दिरमा पुगेर भाकल गरेमा मनले सोचेको कुरा पुरा हुने धार्मिक विश्वास रही आएको छ । स्थानीय बासिन्दाका अनुसार २०१३ सालमा स्थापना भएको भुवर भवानी मन्दिर परिसरमा माघी पर्वको अघिल्लो दिन मेला सुरु भएर करिव ४ दिन सम्म चल्छ । विगतमा ठेक्का प्रणालीबाट मेला सञ्चालन हुदै आएपनि दुई वर्षयता साबिक बैजापुर गाविस कार्यालयले चलाउँदै आएको थियो ।

 

यसवर्ष भने नयाँ संरचना अनुसार राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ स्थित वडापालिकाले सञ्चालन गर्दैछ । मेला सञ्चालनका लागी स्थानीय समाजसेवी तुलसीराम थारुको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ । उक्त मेलाका यही पुस ३० गतेका दिन कार्यक्रमका प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष लाहुराम थारुले उद्घाटन गर्नुहुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया