बाकेको खजुरामा आगामी माघ ३ देखि १० गतेसम्म सञ्चालन हुने मुसवेटवा बाबा मेला तथा दोस्रो खजुरा महोत्सब २०७४को तयारी तिव्र पारिएको छ ।
कृषि, पर्यटन, सास्कृतिक एवं ऐतिहासिक धार्मिक मुसवेटवा बाबाको प्रवद्र्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक आधुनिक युवा सञ्जाल खजुराका अध्यक्ष तीलक वीर सुनारले जानकारी दिए ।
‘धार्मिक सद्भाव बलियो बनाउने उद्देश्यले धार्मिक आस्थाका केन्द्र मुसवेटवा बाबाको मजार रहेको स्थानमा महोत्सव आयोजना गर्न लागेका हौं’, अध्यक्ष सुनारले महोत्सवबाट प्राप्त हुने मुनाफा बाबाको मजार मर्मत तथा क्लबद्वारा समाजिक क्रियाकलापमा खर्च गरिने जानकारी दिंदै भने । ‘महोत्सवले खजुरालाई चिनाउन मद्दत पुग्ने विश्वास हामीले लिएका छौं’, अध्यक्ष सुनारले भने ।
महोत्सवमा १ सय ५० वटा स्टलहरु रहनेछन् । त्यसका लागि आयोजकले महोत्सव स्थलमा स्टल निर्माण तथा बुकिङ्ग सुरु गरिसकेको छ । ‘कृषि, स्थानीय उत्पादन, व्यवसायीक स्टल, सांस्कृतिक कार्यक्रम, बाल उद्यान महोत्सवको आकर्षण हो’, अध्यक्ष सुनारले भने, ‘महोत्सवका लागि राष्ट्रिय तथा स्थानीय
कलाकारहरु सुनिश्चित गरिसकिएको छ ।’ महोत्सवमा नायक राजेश हमालदेखि हा“स्य कलाकार धुर्मुस, सुन्तलीसम्मले आफ्नो प्रस्तुति दिनेछन् । त्यसका लागि सांस्कृतिक समितिका संयोजक तिलक गाउ“लेले काठमाडौं पुगेर कलाकारहरु उपस्थितिका टुंगो लगाइसकेका छन् ।
हिन्दु र मुस्लिम धर्मावलम्वीको आस्थाको केन्द्र रहेको मजारमा श्रीपञ्चमीका दिन मेला समेत लाग्ने गर्दछ । एक करोड बढी कारोबार लक्ष्य राखेको महोत्सवबाट मुनाफा भन्दा स्थानीय बजारलाई चिनाउने उद्देश्य राखेको आयोजक बताउ“छन् । महोत्सवका लागि प्रचार प्रसारलाई तिव्रता दिइएको आयोजक क्लब अध्यक्ष सुनारले जानकारी दिए । ‘माइकिङ्ग र ब्यानर टाग्ने काम भैरहेको छ’, उनले भने ।