जोखिमपूर्ण यात्रामा रहेका ६ युवती रुपैडिहाबाट जोगाइए, ७ प्रहरी नियन्त्रणमा

जोखिमपूर्ण रुपमा भारत तथा तेस्रो मुलुकमा हुने यात्रा रोकिन सकेको छैन । सन् २०१७ मा नेपाल–भारत सीमाको जमुनाह नाकाबाट जोखिमपूर्ण यात्रा गर्ने १ हजार ७१ जनालाई माइती नेपालले मात्र उद्दार गरेको तथ्यांक छ ।
बिहीबार पनि असुरक्षित यात्रा गरिरहेका ६ जना नेपाली युवतीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले उद्दार गरेको छ । एसएसबीले नेपालबाट भारतको दिल्ली जा“दै गरेको बसमा ६ युवती फेला पारेपछि उद्दार गरेको जानकारी दिएको हो ।

 

 

‘नेपालबाट दिल्लीका लागि हिडेको बसमा ६ जना युवती र ७ जना पुरुष मात्र रहेको पाएपछि एसएसबीले कडाईका साथ सोधपुछ गर्यो’, एसएसबीका असिस्टेन्ट कमाण्डेन्ट शैलेश कुमारलाई उद्धृत गर्दै पत्रकार नवि अहमदले भने, ‘कुनै विश्वसनीय डकुमेन्ट फेला नपरेपछि बस सहित सबैलाई एसएबीले नियन्त्रणमा लियो ।’ बिहीबार राती नियन्त्रणमा लिइएका युवतीलाई शुक्रबार माइती नेपाललाई बुझाएको एसएसबीले बसमा रहेका बसका कर्मचारी सहित ७ जनालाई जमुनाह प्रहरीको जिम्मा लगाएको थियो ।

 

 

एसएसबीले ३० बर्ष भन्दा कम उमेरका महिलाहरुसग सोधपुछ गर्दा सन्तोषजनक जवाफ नपाएपछि नेपाल फर्काउने निर्णय गरेको थियो । ‘मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोकका विमला लामा, शान्ति कुमारी, गंगामाया, सरस्वती, फुलमाया, बुढुलाई उद्दार गरेको हो’, एसएसबीले दिएको विवरण जानकारी गराउ“दै पत्रकार नविले भने, ‘एसएसबीले धनगढीका अशोक कुमार लामाले युवतीहरुलाई दिल्ली लग्न लागेको जानकारी दिएको छ ।’ लामा बाहेक बसमा रहेका अन्य ६ जना भने बसकै स्टाफ भएको दाबी गरिएको छ ।

 

 

भारत हुदै भारतकै विभिन्न ठाउमा जोखिमपूर्ण काममा लगाउन, बेचबिखन गर्न तथा तेस्रो मुलुक पठाउन नेपालीहरु अवैध रुपमा लग्ने गरिएको छ । नेपाली प्रहरीले महिलाहरुलाई तेस्रो मुलुक पठाउन भारत लग्न लागिएको आशंका गरेको छ । ‘उनीहरुको पासपोर्ट लिएर अर्को व्यक्ति पहिले नै भारत गएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, एक प्रहरी अधिकारीले भने ।

 

 

जमुनाह प्रहरी इन्चार्ज सुधिर खड्काले भारतीय सुरक्षाकर्मीले ६ युवती सहित १३ जनालाई नेपाल बुझाएको पुष्टि गरेका छन् । इन्चार्ज खड्काले ६ युवती माइती नेपालमा रहेको र बाकी ७ जना पुरुषलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको बताए । ‘भारतीय सुरक्षाकर्मीबाट बुझेपछि जिल्ला प्रहरी कार्यालय बाके
पठाएका छौं’, इन्चार्ज खड्काले भने । उनले के–कति कारणले युवती भारत तर्फ जा“दै थिए र पुरुषहरुको के भूमिका थियो भन्ने जिल्लाबाट नै अनुसन्धान हुने प्रतिक्रिया दिए ।

प्रतिक्रिया

प्रतिक्रिया