मिनाकी छोरी र श्रीमानको जीवन बन्यो सपांग

शंकर के सी /सल्यान, १९ पुस ।

यसै त ग्रामिण भेगको कस्टकर जीवन । त्यसैमाथी कसैलाइ कुनै विमारले समात्यो भने उसको जीवननै वचाउन मुस्कील पर्ने गर्छ । सल्यान जिल्लामा पनि यस्ता विकट वस्तीहरु छन् । जुन वस्तीहरु विजुली, स्वास्थ्य, शिक्षा, यातायात जस्ता सुविधाको पहुँचबाट टाढा छन् । दुइ छाक टार्न पनि धौ धौ हुने गाउँका मानिसहरुलाइ कुनै रोग वा समस्या देखियो भने उपचार गर्न मुस्कील हुन्छ ।

सल्यान दार्मा गाउँपालिका वडा नम्बर ३ डाँडागाउँ भल्चौरमा २०७३ साल पुस ७ गते जन्मीएकी तुलसा दाहालको ज्यान पनि एकिकृत परियोजना अन्तर्गत वाल विकास कार्यक्रम त्यस गाउँमा संचालन नभएको भए सायद जोखिममा थियो । जन्मदै ओठ तथा तालु फाटेको तुलसाको समयमै उद्धार र उपचार भएकोले सपांग जीवन प्राप्त भएको छ । उनकी आमा मिना दाहालले भनिन्, ‘स्वास्थ्य चौंकी भल्चौर बाट मैले कुनै पनि सल्लाह सुझाब पाईन तर गाउँ बाल संरक्षण समितिले सल्लाह दिएपछि मेरी छोरिको ओठ तथा तालु फाटेको थाहा भयो ।’ अहिले छोरी तुलसाको स्वास्थ्य अबस्था राम्रो रहेको रदछोरीको जिबन नै परिवर्तन भएको मिनाले बताइन् ।

गाउँ बाल संरक्षण समितिको सदस्य प्रेम कुमारी बुढाथोकी मार्फत छोरीको उपचारको लागी सल्लाह मागेकी मिनाले त्यस पछि एक दिन सेभ द चिल्ड्रेन र दलित बिकास समाज सल्यानको साझेदारिमा संचालित एकिकृत परियोजना अन्तर्गत बालसंरक्षण फिल्ड सुपरभाइजर टिका राम बि.क आफ्नो घरमा भेट्न आएको बताइन् । बिकले छोरीको उपचार काठमाण्डौ को बि एण्ड बि अस्पतालमा हुन्छ र त्यहाँ उपचार पनि नि.ंशुल्क हुन्छ भन्ने कुराको जानकारी गराएका थिए ।

त्यसपछि उपचारको लागी गाउँ बालसंरक्षण समिति मार्फत सिफारिश गरेर छोरी जन्मीएको ३ महिना पछि बि.एण्ड.बि अस्पतालमा उपचारको लागी लगेको उनले बताइन् । उनले भनिन्, ‘मेरी छोरी को शल्यक्रिया नि.ंशुल्क सफल रुपमा सम्पन्न भयो र एक जना लाई काठमाण्डौ आउने जाने खाना बस्ना समेत नि.ंशुल्क भयकोले मलाई छोरीको उपचारका लागी आर्थिक संकट परेन ।’ यस अघि पनि तीन जना ओठ तथा तालु फाटेकालाइ उपचारमा पठाइएको दलित विकास समाजका वाल संरक्षण सुपरभाइजर बिकले बताए ।

दुइ रोपनि मात्रै खेती योग्य जमिन रहेको मिनाको श्रीमान पनि अपांगता भएको व्यक्ति हुनाले दैनीक गुजारा चलाउन मुस्कील थियो । दलित विकास समाजकै कारणले आफ्नो श्रीमान इन्द्र बहादुर दाहालको पनि तालु फाटेको उनले थाहा पाएकि थिइन् । मिनाले भनिन् ‘छोरीको शल्यक्रिया पछि मेरा श्रीमानको पनि प्लाष्टिक सर्जरी भयो । अहिले मेरो छोरी र मेरो श्रीमानको स्वास्थ्य अबस्था राम्रो छ ,अहिले मेरो परिवारमा खुसि छाहायको छ ।’

हिजो आज मिनाको परिवार तरकारि खेती तर्फ अग्रसर भएको बाल संरक्षण फिल्ड सुपरभाइजर बिकले बताए । सेभ द चिल्ड्रेन र दलित बिकास समाज सल्यानको साझेदारिमा संचालित एकिकृत परियोजना अन्तर्गत जिबिकोपार्जन तथा पोषण कार्यक्रम द्घारा गठित नमुना कृषक समुह भल्चौर ४ को सदस्य बन्न मिनालाइ बिकले सल्लाह दिएका थिए । सदस्य बनेपछि मिनाले भनिन्, ‘अहिले मैले करेसाबारीमा तरकारि खेती गरेकी छु, घरमा तरकारिको कमी छैन । छोराछोरीले प्रसस्त तरकारि खान पाएका छन् । स्वास्थ्य अवस्था पनि सुध्रदै गएको छ ।’

एकिकृत परियोजना अन्तर्गत दार्मा गाउँपालिकामा शिक्षा, बाल संरक्षण र जीविकोपार्जन तथा पोषण कार्यक्रम संचालनमा छन् । आफ्नो परियोजनाको माध्ययमबाट भल्चौरकी तुलसा र उनको बुवा इन्द्र बहादुरको जीवनमा परिवर्तन भइ उनीहरुके परिवारले खुसीयालीका साथ जीवन विताएको देख्दा आफुहरुलाइ ठूलो सफलता मिलेको अनुभव भएको बाल संरक्षण संयोजक गुमानसिंह नेपालीले जानकारि दिए ।

प्रतिक्रिया

प्रतिक्रिया