प्रभावकारी न्याय सम्पादनका जोड

बार र बेन्च बिच भएको बैठकमा न्याय सम्पादनको कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिईएको छ ।
बाँके जिल्ला अदालत र बारका पदाधिकारी बिच बाँके जिल्ला अदालतमा भएको बैठकमा न्याय सम्पादनमा भएका अप्ठाराहरुको पहिचान गरि समस्या समाधानका उपायहरु पहिल्याउने उदेश्यले बार र बेन्चको बिचमा बैठकको आयोजना गरिएको जिल्ला न्यायाधीश बिष्णु सुवेदीले जानकारी दिनु भयो ।

 
कार्यक्रममा नेपाल बारका उपाध्यक्ष शालिकाराम सापकोटा, नेपालगंज उच्च अदालत बार एशोसिसनका अध्यक्ष बल बहादुर चन्द, जिल्ला बार अध्यक्ष उदय राज बर्मा, वरिष्ठ अधिवक्ता भोला सिंह हमाल, अधिवक्ताहरु वसन्त गौतम, मोहम्मद अयुव सिद्धिकी, कुसुमा सुवेदी, इश्वरी प्रसाद ज्ञवाली, बिश्वजित तिवारी लगायतले अदालतका कर्मचारीहरुको पहिचान खुल्ने गरि परिचयm पत्र देखाएर कार्य गर्नु पर्ने, सेवाग्राही प्रति कर्मचारीको ब्यवहार राम्रो हुनु पर्ने, फैसलामा कानून ब्यवशायीले बहशमा ब्यक्त गरेका जिकिर सहित नाम उल्लेख हुनु पर्ने, पेशीको लिष्टमा कानून ब्यवशायीको नाम लेखिनु पर्ने, मुद्धामा न्यायिक एक रुपता हुनु पर्ने, अदालतमा पक्षलाई कानूनी परामर्श गर्न कानूनी परामर्श कक्षको ब्यवस्था गरिनु पर्ने बताएका थिए ।

 

 

बारमा बेन्चको बैठकमा कानून ब्यवशायीहरुले अदालतको शौचालयमा सुधार गरि फोहरमुक्त बनाईनु पर्ने, थुनुवालाई मुद्धाको सुनुवाईको बारेमा समयमै जानकारी दिनु पर्ने, अदालती काम कारवाहीको टाईम कार्ड सेवा ग्राहीलाई दिनु पर्ने, सरकारी वकिल कार्यालयले अभियोग पत्रको नक्क्ल पक्षलाई समयमै उपलब्ध गराईनु पर्ने, बालन्याय कार्यबिधिको प्रभावकारी कार्यान्वयन गरिनु पर्ने, बालइजलासको उचित प्रवन्ध गरि संचालनमा ल्याईनु पर्ने, मुद्धाको मेलमिलाप कर्तामा अदालतका कर्मचारी भन्दा अन्य सुचिकृत मेलमिलापकर्तालाई प्राथमिकता दिनु पर्ने कुरामा जोड दिएका थिए ।

 
कानुन ब्यवशायीहरुले राखेका जिज्ञासा पश्चात बाँके जिल्ला अदालतका न्यायाधीश बिष्णुु सुवेदीले पहिचानको सुरुवात न्यायाधीशबाटै गरिने, रोक्काको निवेदन उपर सिघ्र सुनुवाई गरिने, मुद्धाको फैसलामा कानून ब्यवशायीका तर्क र नाम समावेसी गरिने, म्याद तामेलीको कार्यलाई प्रभावकारी बनाउन पहल गर्ने, सुचना अधिकारीको काम कर्तब्य र अधिकार तोकि सुचना अधिकारीको कामलाई प्रभावकारी बनाउने, भाषा नबुझने पक्षहरुको लागी दोभोषेको प्रवन्ध मिलाउने, थुनुवासंग अदालतमा कानून ब्यवशायीले परामर्श गर्नका लागी छुट्टै कक्षको निमार्णमा पहल गर्ने, पब्लिक रिलेशन बिस्तारलाई ध्यान दिईने, सेवा ग्राहीको सेवा सुबिधामा ध्यान पु¥याउने, थुनुवाको म्याद थपका क्रममा कानून ब्यवशायीका बहश सुन्ने र दुवै पक्षको कानून ब्यवशायीको प्रीतनिधिको बिषयलाई सुनिश्चित गर्ने बिषयमा अदालतको गंभिर ध्यानाकर्षण भएको बताउनु भएको थियो । जिल्ला न्यायाधीश बिष्णु सुवेदीले बार र बेन्चको आपसी सहकार्यले न्याय सम्पादनमा सहज हुने भएकाले दुवै पक्षको समन्वयकारी भुमिका हुनु पर्नेमा जोड दिनु भएको थियो । न्यायाधीश सुवेदीले न्याय सम्पादनको कार्यलाई प्रभावकारी सबैको पहुँच योग्य बनाउनमा कानून ब्यवशायीको भुमिका महत्वपुर्ण हुने भएकाले सहयोगको अपेक्षा राखेको बताउनु भएको थियो ।

 
बाँके जिल्ला अदालतका तहसिलदार एवं निमित्त श्रेस्तेदार नारायण प्रसाद सापकोटाले संचालन र जिल्ला न्यायाधीश बिष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीशरु ओम प्रसाद अर्याल, भुवन सिंह थापा, इश्वरी प्रसाद गौतम र केशव कुमार पाण्डेको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा न्यायाधीश ओम प्रसाद अर्यालले बालन्यायको बिषयमा आफु सम्बेदनशिल रहेको र हेर्दा बालक जस्तो लागेमा उमेर परिक्षणको लागी आदेश गर्ने गरेको बताउनु भयो ।

 

 

न्यायाधीश अर्यालले कानून ब्यवशायी न्याय सम्पादनका पथ प्रदर्शक भएकाले कानून ब्यवशायीहरुले कानूनका बारेमा आफुलाई सिधै अपडेट राख्नु पर्नेमा जोड दिनु भएको थियो । बार बेन्च बैठकमा जिल्ला न्यायाधीवक्ता टेक बहादुर थापा, बाँके जिल्ला अदालतका सुचना अधिकारी धनसिंह गिरिका साथै वरिष्ठ अधिवक्ता श्याम गौतम, बारका पुर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्की, लगायत बारका वर्तमान र पुर्व पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बार बेन्चमा उठेका कुराहरुको सम्बोधन हुनु पर्नेमा भन्दै कानून ब्यवशायीहले बार र बेन्चको बैठक निरन्तर रुपमा भैरहनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया