नेपालगञ्ज पुष १४ गते –मातृ तथा बाल मृत्यू दर कम गर्न नयाँ रणनीती अपनाइएको छ । नगर क्षेत्रमा नै आमा र बच्चाको ज्यान जोगाउन कठिन भएपछि नेपालगञ्जमा मोबाईल हेल्प सञ्चालनमा ल्याइदैछ ।
मेडिकल मोवाइलको आर्थिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले मोवाइल हेल्प सेवा सञ्चालनमा ल्याउन लागेको हो । सरकारको मातृ तथा बाल स्वाथ्य सुरक्षा सम्वन्धी मोवाइल स्वास्थ्य कार्यक्रम अन्तगर्त सेवा प्रवाह बारे शुक्रबार वडा अध्यक्षहरुलाई अवगत गराइएको छ । उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले प्रविधिसँगै सेवा प्रवाहबीचको सहकार्य प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो । उप प्रमुख उमा थापा मगरले मोवाईलमार्फत स्वास्थ्य सचेतनासँगै जीवन सुरक्षा गर्ने सम्वेदनशिल जिम्मेवारी भएकाले यसको आवश्यक्ता बढदै जाने दावी गर्नु भयो ।
जन स्वास्थ्य कार्यालयका प्रमुख खीम बहादुर खडकाले नगरमा रहेका दुई सय १ महिला स्वास्थ्य स्वयं सेवीकालाई मोवाइल वितरण गरिनुका साथै मोबाईल म्यासेज सेन्टर स्थापना गरेर वितरित मोवाईलमा आवश्यक सन्देश, सेवा सूचना प्रवाह गरिने जनाउनु भयो । खडकाका अनुसार सेन्टरमा गर्भवती महिलाको सम्पूर्ण रेकर्ड अपडेट गरिने छ । मोवाइल सेवा सञ्चालन बारे ३ दिने तालिम पश्चात स्वास्थ्यकर्मीले अब वडामा स्वास्थ्य स्वयं सेवीकालाई प्रशिक्षित गर्नेछन् ।
जनस्वाथ्यका स्वास्थ्य अधिकृत सरोज कुमार शाहले स्वागत गरेको कार्यक्रममा वडा अध्यक्षका तर्फबाट वुद्धि सागर सुवेदीले बोल्नु भएको थियो । नियमित सुरक्षा सचेतना नअपनाउँदा वर्षेनी गर्भवती महिलाले अकालमा ज्यान गुमाउनु परेको छ ।