करोडौंको बिल्डिङ बनाएपछि दशकौंपछि मोही दाबी गरिेपछि…..

भूमि सुधार कार्यालय बाँकेमा कर्मचारीले मिलोमतो गरी मोही भएको ब्यक्तिलाई मुद्दा लगाई कमिशन लिन प्रेरित गरेको आरोप लगाउँदै पीडित जग्गाधनीहरुले विहिवार मिडिया गुहारेका छन् ।

 

एक पटक मोही कटिसकेको जग्गामा कर्मचारीले कीर्ते गरि मोही कायम गर्ने गरेको जग्गाधनी अजय गुप्ताले बताए । ‘५० वर्ष अघि देखि भवन रहेको जग्गा कसरी जोतगोड भयो भन्ने विषयमा कर्मचारीले ध्यान नदिनु भनेकै संदिग्ध देखिएको हो’, गुप्ताले भने, ‘२०३१ साल चैत्र ६ गते मोही कटेको जग्गामा पुनः मोही कसरी कायम हुन सक्छ ।’
विहिवार नेपालगन्जका दर्जन बढि जग्गाधनीहरु भूमिसुधार कार्यालयका कर्मचारीले मिलोमतोमा पुरानो अभिलेखमा मोहीको नाम थपेर रकम कुम्ल्याउँदै आएको आरोप लगाएका छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ हजार घूस सहित पक्राउ गरेको नासु शैलेन्द्र कर्णले कतिपय जग्गाधनीहरुलाई कमिशनका लागि दबाव दिँदै आएको गुनासो मीडिया माझ आयो ।

 

नेपालगन्जमा रहेका ठूला ब्यवसायी, उद्योगी र प्रतिष्ठित संस्थानहरुलाई मोहीको नाममा त्रास दिने काम भइरहेको जग्गाधनी दिनेश कुमार भण्डारीले बताए । २०४५ सालमा घर बनेकै अवस्थामा खरीद भएको जग्गामा अहिले मोही देखा परेपछि कर्मचारीले भित्री रुपमा नाम थपेको हुन सक्ने जग्गाधनीहरुको आरोप छ ।

 

न्यायका लागि सम्बन्धित सबै न्यायिक निकायहरु गुहार्ने तयारीमा रहेको उनीहरुले पत्रकारहरुलाई भूमिसुधार
कार्यालयमा भइरहेको मिलोमतो बारे जानकारी गराएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया