माओवादि केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले प्रदेश राजधानिका लागि कोहलपुर उपयुक्त स्थान भएको बताएका छन । अखिल क्रान्तिकारिका निवर्तमान अध्यक्ष समेत रहेका न्यौपानेले ५ नम्बर प्रदेशको राजधानिकालागि कोहलपुर उपयुक्त भएको बताएका हुन ।
प्रदेश न=६ र ७ लाइ जोड्ने केन्द्र बिन्दु , उपयुक्त भौगोलिक बनावट, आबश्यक पुर्वाधार तथा प्राकृतिक स्रोत, साधनले समेत कोहलपुरलाई भरपुर साथ दिएको उल्लेख गर्दै न्यौपानेले जिल्लावासिले त्यसकालागि आवाज उठाउनुपर्ने बेला आएको जिकिर गरे । प्राप्त अधिकारको सुनिश्चिततासँग थप अधिकार प्राप्तिकालागि समेत यस क्षेत्रका नागरिक समाज, अगुवा, राजनितिक दलका प्रतिनिधि तथा संचारजगतले आवाज उठाउनुपर्ने न्यौपानेको भनाई छ ।
५ नम्बर प्रदेशको राजधानिकालागि दाङ र बुटवलबिच बहस चलिरहँदा आफुले बाँकेको कोहलपुरलाई पनि समेट्नुपर्ने माग गरेको र त्यसकालागि केन्द्रमा समेत दवाव दिएको न्यौपानेले जानकारि दिए । गएको स्थानिय तह निर्वाचनमा कोहलपुर नगरपालिकाको प्रमुखको प्रत्यासि समेत रहेका न्यौपानेले बुटवल र दाङको तुलनामा कोहलपुर ब्यवस्थित र उर्जावान शहर भएकाले पनि अबका अधिकारहरू कोहलपुर केन्द्रित हुनुपर्नेमा जोड दिदै आएका छन ।
विशेषगरि आफु दाङ र बुटवलको विरोधि नभएको जिकिर गर्दै न्यौपानेले अधिकार बिकेन्द्रिकृत गरिनुपर्ने बताए । साथै बाँकेमा रहेका अधिकाशं सरकारि कार्यालयहरू अनेत्रै लैजानु बिडम्बनापुर्ण रहेको भन्दै न्योपानेले दुख समेत ब्यक्त गरेका छन ।