‘उमेर पुगेपछि मात्र बिहे’

नेपालगन्ज/रुपा गहतराज
प्रायः चलचित्रमा महिला हिंसा विरुद्ध अभिनयमा देखिने नायिका रेखा थापा शुक्रबार रियल लाइफमा महिलाहरुको सम्मान र अस्तित्वको आवाज उठाउदै मञ्चमा देखा परिन् ।

 

नेपाली फिल्म क्षेत्रकी हस्ती नायिका रेखा बाल विवाह विरुद्धको अभियानका लागि नेपालगन्ज आइपुगेकी रेखाले महिला पुरषको भेदभावले नै छोरीको अस्तित्व संकटमा परेको बताउदै उनले यो अभियान सबैको साझा एक्यबद्धता आवश्यक हुने उद्घोष गरिन् । रजतपटकी चर्चित नायिका थापाले आप्mनो समय र उर्जा प्रचारका लागि मात्र नभई सामाजिक दायित्वका लागि पनि भएको तर्क गर्दै भनिन्, ‘म कलाकार मात्र होइन यो देशको नागरिक हु“ । मेरो पनि कर्तब्य छ ।’
‘जागिर खान योग्यता पुग्नुपर्ने सबै कुराको लागि योग्यता चाहिने विवाह गर्दा योग्यता नचाहिने ?’, विद्यार्थी, शिक्षक, अभिभावकका बीचमा शुक्रबार नेपालगन्जमा भएको छोरीका निम्ति स्वर्णिम नेपालले महाअभियान संङ्कल्प सम्मेलनमा बोल्दै नायिका थापाले भनिन्, विवाहका लागि तयार हुनु नपर्ने, कस्तो परम्परा कस्तो संस्कार हो ?’ विवाह कुनै सहमतिमा कायम नहुने भन्दै उनले दुबै बीचको अस्तित्वको सम्मान नभए सम्म त्यो सम्बन्ध सधै कमजोर रहने बताइन् । नायिका थापाले अहिलेको युवा पुस्तामा छाएको प्रेम सम्बन्ध बारे टिप्पणी गर्दै भनिन्, ‘हो प्रेम गर्नुहोस् तर, आबेगको निर्णय सधै गलत हुन्छ ।’
आफनो निजी जीवनको उदाहरण दिंदै नायिका थापाले जीवनमा सबै भन्दा ठुलो निर्णय विवाह भएको भन्दै त्यसका लागि उमेर मात्र होइन शारीरिक तथा मानसिक रुपले तयार हुनुपर्ने बताइन् । उनले आफ्नो विगत सम्झदै भनिन्, ‘म सुटिङ्गमा हुन्थ्ये । घरमा पुग्दा श्रीमति बन्नुपर्ने बाध्यताले तनाव झेल्नुपथ्र्यो, दोहोरो जिम्मेवारीले आफुलाई बिर्सन पुग्थे ।’
महिला सबै काममा सक्षम हु“दाह“ुदै पनि आप्mनो स्वतन्त्रतामा बा“च्न पाउने अवस्था सिर्जना गर्न सबैको सहयोगको खा“चोको हुने गरेको नायिका थापाले बताइन् । ‘आफ्नो दुइ दाजु हु“दाह“ुदै पनि आमा म संग बस्नुहुन्छ । तर उहा“लाइ छोरी संग बस्दै छु भन्ने चिन्ता छ’, उनले भनिन्, ‘त्यो सोचाइ मेरो आमाको होइन समाजको हो ।’ ‘३० बर्षकी छोरीको विवाह नहु“दा सम्म परिवारलाई कस्तो तनाव हुन्छ । मैले महसुस गरेकी छु’, उनले आफ्नो विगत कोट्याउ“दै भनिन्,‘तर त्यहि विवाह सम्बन्ध विच्छेदको कारण सम्म पुग्दा समाज मौन बस्छ ।’ विवाह गराउन हतार गर्ने समाज विवाह भत्किने कारण बारे बहस छलफल नगर्ने गरेको धारणा राखिन् ।
बालबालिका उमेर सपना देख्ने हो रहेको बताउ“दै नायिका थापाले लक्ष्य र सपनामा रमाउन बालबालिका लाई उत्साहित पारिन् । उनले भनिन्, ‘यो सामथ्र्यता प्रकृतिले सबैलाई दिएको छ ।’यसअघि सांस्कृतिक कार्यक्रममा आउने गरेकी कलाकार रेखा थापा छुट्टै अभियान लिएर पहिलो पटक नेपालगन्ज पुगेकी हुन् । नितान्त फरक ढंगले आयोजना गरिएको कार्यक्रममा नायिका रेखा थापालाई अभियानसँग जोडेर युवा उत्प्रेरक नर बहादुर कार्कीले कार्यक्रममा ल्याएका हुन् ।
देशव्यापी रुपमा बालविवाह विरुद्ध अभियानमा सर्मर्पित समाजिक अभियन्ता कार्की सामजिक अभियानमा समेत सक्रिय चर्चित छन् । सम्मलेनमा आफ्नो अनुभव सुनाउ“दै अभियन्ता कार्कीले अब छोरीहरुले पनि सपना देख्नुपर्ने भनाइ राखे । ‘बिस बर्ष भइसेकेपछि मात्र बिहे गर्ने, छोराछोरी जन्माउने मात्र होइन’, अभियन्ता कार्कीले भने, ‘छोरीले जीवनमा केही गर्ने लक्ष्य राख्नुपर्छ ।’ उनले आफ्ना सही लक्ष्य प्रति समर्पित हुन छोरीहरुलाई आग्रह गरे । ‘विद्यार्थी, सामाजिक अभियन्ता र अभिभावकको उपस्थितिले कार्यक्रम सफल भएको महसुस गरेकी छु ’, आयोजनाको सहसंयोजन गरेकी युवा स्रष्टा ऋचा लुइटेलले भनिन्, ‘यो अभियानको सुरुवात हो ।’
बाकेमा बाल विवाहलाई निरुत्साहित गर्न लामो समय देखि भैरहेको सरकारी तथा गैरसरकारी प्रयास, कानूनी उपचार, सामाजिक सचेतनाको कार्यले अपेक्षित सफलता प्राप्त गर्न सकेको छैन । भिन्न भिन्न सामाजिक, साँस्कृतिक अवस्था, परम्परा र किशोर किशोरीमा देखा परिरहेको बदलिंदो सोंच, जीवनशैली र सूचनामा पहूँच जस्ता कारणहरुले थप जटिलता सिर्जना गरिरहेको छ ।
‘फरक परिवेशमा एउटै तरिका, एकै प्रकारको क्रियाकलाप र एउटै लक्षित समुहमा आधारित सचेतनाले मात्र परिवर्तन सम्भव छैन’, बाल अधिकारकर्मी पुर्णचन्द्र उपाध्याय भन्छन्,‘यसका लागि बालविबाहलाई जोगाइ राख्ने वा प्रेरित गर्ने सबै पक्षहरुको सम्बोधन, बालबालिका, किशोर किशोरी, अभिभाबक सबैको संयोजन सहितको एकीकृत रणनीतिको आवश्यकता छ ।’

प्रतिक्रिया

प्रतिक्रिया