कालिकोटमा म्यादी प्रहरी र प्रहरी बीच झडप हुँदा एकको मृत्यु भएको छ ।
म्यादी प्रहरी र प्रहरीबीचको झडपका क्रममा प्रहरीले चलाएको गोली प्रहारबाट एक म्यादीको मृत्यु भएको हो ।
तलब कटाएको भन्दै आन्दोलनमा उत्रिएका म्यादीले प्रहरीसँग विवाद गरेका थिए । विवादले उग्र रुप लिन दुवै तर्फ झडप हुन गएको हो ।
शान्नी त्रिवेणी गाउँपालिका–५ तिकुवा निवासी १९ वर्षका बिबेक ऐडीको प्रहरीले चलाएको गोली लागि मृत्यु पुष्टि भएको छ । प्रहरीले हानेको गोली म्यादीको टाउकोमा लागेको थियो । ऐडी जिप्रकाको गेटमै गोली लागेर ढलेका थिए ।
म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए ।