अंगालो मार्दा विद्यालयबाटै निष्कासित

केरलको एक विद्यालयले अंगालो मार्ने विद्यार्थीलाई निष्कासित गरेको छ । केरलाको सेन्ट टोमस सेन्ट्रल स्कुलमा भएको प्रतियोगितामा १५ वर्षीया किशोरीले गीत गाएपछि उनले कस्तो लाग्यो भनेर १६ वर्षीय किशोरलाई सोधेकी थिइन् ।

 

त्यसको जवाफमा ती किशोरले उनलाई अंगालो मारेर उनको प्रस्तुती निकै राम्रो भएको भन्दै बधाई दिएका थिए।
आफ्नो तस्वीर खिच्न नचाहेकी ती किशोरीले बीबीसीसँग बोल्दै भनिन्, “हामीले १र२ सेकेन्डका लागि मात्रै अंगालो मारेका थियौं।“ “त्यहाँ वरिपरि धेरै विद्यार्थी र शिक्षकहरु थिए र मलाई केही गल्ती भयोरे जस्तो महसुस पनि भएन।“
तर खबरहरुका अनुसार एकजना शिक्षकले त्यसबारे प्रधानाध्यापकलाई उजुरी गरेको बताइएको छ। ती किशोरीको भनाईमा सबै विवाद त्यहीँबाट शुरु भयो।

 
त्यसको अर्को दिन जुलाई २२ तारिखमा ती दुई जना नै अनिश्चित समयका लागि विद्यालयबाट निलम्बनमा परे।
त्यसको चार महिनापछि गत नोभेम्बर २२ तारिखमा ती किशोरलाई विद्यालयबाट निष्कासित गरियो।
तर दुवैको नाम सञ्चारमाध्यममा आएका छैनन्।

-BBC Nepali Sewa

प्रतिक्रिया

प्रतिक्रिया