भेरी अञ्चल अस्पताललाई बिहीबार वर्न वार्डमा प्रयोग हुने विभिन्न सामाग्री उपलब्ध गराइएको छ । अग्नी हिंसा पीडित नेपाल (विभिस) ले अस्पतालका लागि ६ लाख ८३ हजार ५ सय ३० रुपैया“ बराबरको सामाग्री हस्तान्तरण गरेको हो ।
घरेलु हिंसा, दुर्घटनाका कारणले जलेका महिला तथा बालबालिकाहरुको उपचारमा सक्रिय विभिसले जर्मन राजदुतावासको सहयोगमा भेरी अञ्चल अस्पतालको वर्न वार्डका लागि सामाग्री हन्तान्तरण गरेको हो ।
उक्त सामाग्री बिभिसको तर्फबाट ईन्द्र कुमारी तामाङ्ग, राजन चौलागाई र सुरेन्द्र दिप कार्कीले भेरी अंचल अस्पतालका निमित्त प्रमुख डा. बद्री चापागाईलाई बुझाएका थिए । हस्तान्तरित सामाग्रीहरुमा फ्रिज, एसी, ब्लड वामर स्टेचर, हिटर लगायत छन् ।