नेपालगन्ज : युवामाथि खुकुरी प्रहार प्रकरण, काठमाडौंमा अभियुक्त खोज्दै प्रहरी

सोमवार साँझ नेपालगन्जमा युवा माथि भएको खुकुरी प्रहार घटनामा संलग्न सबै युवाहरु भागेर काठमाडौ तर्फ गएको आशंका प्रहरीले गरेको छ ।

 

काठमाडौमा लुकीछिपी बसेको सूचनाको आधारमा कारवाही अघि बढाउँदा फेला नपरेपनि उनीहरु नजिक प्रहरी रहेको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांगले बताए । ‘हामी कारवाही गर्ने सिलसिला जारी राखेका छौं’, उनले भने, ‘काठमाडौमा त्यहाँको प्रहरीको सहयोग पनि प्राप्त भइरहेको छ ।’

 

घाइते विशाल सुनारको अवस्था विस्तार सुधार भइरहेको प्रमुख तामांगले बताए । ‘परिवारका सदस्यले दिएको सूचनाको आधारमा पनि अभियुक्तहरुलाई खोज्ने प्रयास जारी राखेका छौं’, उनले भने, ‘छिट्टै अभियुक्त पक्राउ हुनेछन् ।’

प्रतिक्रिया

प्रतिक्रिया