राष्ट्रिय वाणिज्य बैक लिमिटेडको नवौ केन्द्रीय महाधिवेसन धनगढीमा हुँदै

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैक लिमिटेडले नवौ केन्द्रीय महाधिवेसनको तयारी पुरा भएको जनाएको छ । संघले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महाधिवेसनको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । पौष १ गते (भोली ) संघको महाधिवेसन धनगढीमा हुदै छ । महाधिवेसनका लागि देशभरबाट महाधिवेसन प्रतिनिधी र प्रयवेक्षकहरु धनगढीमा पुगेका छन् । महाधिवेसनकै लागि ३ सय महाधिवेसन प्रतिनिधी, २ सय पचास प्रर्यवेक्षक गरि झण्डै ६ सय जना प्रतिनिधी धनगढी पुगेका छन् ।

 
२०५२ साल पछि संघको महाधिवेसन धनगढीमा हुन लागेको हो । २२ वर्ष अधि २०५२ मा संघको केन्द्रीय परिषद धनगढीमै सम्पन्न भए पनि त्यस यता धनगढीमा संघका कुनै पनि कार्यक्रम हुन सकेका थिएनन् । भोली हुने महाधिवेसनबाट संघको नयाँ नेतृत्व चयन हुने जनाइएको छ । संघका अध्यक्ष जितेन्द्रसिहं थापाले सर्वसम्मतीकै आधारमा नया नेतृत्व चुनीने जानकारी दिनुभयो ।

 

भोली एक कार्यक्रमका विच नेपाली कागे्रसका केन्द्रीय सदस्य एवम पुर्वमन्त्री एनपी सावदले महाधिवेसनको उद्धाटन गर्नुहुने छ । महाधिवेसनको पुर्वसन्ध्यामा भोली विहान वाणिज्य बैकको शाखा कार्यालयबाट धनगढीबाट प्रभातभेरी गर्ने संघको तयारी छ । बैंकले सर्वसाधारणको सहजताका लागि प्रविधि र दक्ष जनशत्ती बढावा दिदै जाने प्रतिवद्धता समेत जनाएको छ । वाणिज्य वैँक पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।

 

प्रतिक्रिया

प्रतिक्रिया