‘मतगणना जब सुरु गर्न थालियो बदरमात्र देखियो’, समानुपातिक मत गणना सुरु भए लगत्तै एक जना गणकको प्रतिक्रिया थियो, ‘समानुपातिक मतपत्र हेर्दा रुन मन लाग्छ ।’ प्रत्यक्ष तर्फको मतगणना कार्य सकिएपछि आइतबार दिउसो देखि समानुपातिक मतगणना कार्य सुरु भएको छ । गणनामा सहभागी निर्वाचन आयोगका कर्मचारीका अनुसार, अधिकांस मतहरुमा माथिका लहरै ७ वटा चिन्हमा छाप लगाइएको छ ।
‘प्रदेश र प्रतिनिधि दुवै वाम गठबन्धनका सुर्य र हसिया हथौडामा छाप हानेका मत प्रशस्तै आए’, कर्मचारी भन्छन्, ‘कतिपयले प्रतिनिधिसभा तर्फ मत हालेपछि प्रदेशसभामा मतदान गरेकै छैनन् ।’ बा“केका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले समानुपातिक तर्फको मत अनपेक्षित रुपमा बदर देखिएको स्वीकार गरेका छन् । ‘बदरको अवस्था चिन्ताजनक भएपछि निर्वाचन आयोगका सचिवलाई जानकारी गराएको छु’, मुख्य निर्वाचन अधिकृत सुवेदीले
दैनिक नेपालगन्जस“ग भने, ‘५/६ सय गन्दा सय बढी बदर देखिएपछि चिन्ताजनक अवस्था लाग्यो ।’
यो समाचार तयार पारुन्जेल बाके क्षेत्र नं. २ को १६ हजार मत गणना भैसकेको छ । ‘मतदाता शिक्षामा दल र निर्वाचन आयोग दुवैको कमजोरी समानुपातिक मतबाट प्रष्ट हुन्छ’, मुख्य निर्वाचन अधिकृत सुवेदीले भने, ‘दलहरुले प्रत्यक्षमा मात्र ध्यान दिएका रहेछन् ।’ दलहरुको समानुपातिक प्रतिको उपेक्षाको दृष्टान्त अघि सार्दै सुवेदीले भने, ‘प्रत्यक्षको गणना सकिए लगत्तै सुरु गर्ने भनिएको समानुपातिक गणनाका लागि मतपेटिका खोल्न कतिपय दलका प्रतिनिधि नै नपाएर ढिलो भयो ।’ आयोगले पनि मतदाता शिक्षालाई प्रभावकारी ढंगले मतदाता माझ नपुर्याएको बदर मतको बढ्दो संख्याबाट प्रष्ट देखिएको छ ।
‘प्रतिनिधिसभा सदस्यमा मतदान गरेपछि प्रदेश सभा सदस्यतिर ध्यान नदिइएका मतहरु पनि उत्तिकै छन्’, मुख्य निर्वाचन अधिकृत सुवेदीले बदर मतको संख्या सबैतिरबाट एकिकृत गरिनसकेकाले परिणाम सगै जानकारी दिइने
बताए । सोमबार सम्म क्षेत्र नं. २ को सम्पूर्ण गणना सक्ने गरी काम भैरहेको जानकारी दिंदै मुख्य निर्वाचन अधिकृत सुवेदीले बाकी २ क्षेत्रको पनि मंगलबारसम्म सबै परिणाम आइसक्ने बताए । ‘निर्वाचन आयोगले तोकेको समयसीमा भन्दा अगाडी नै सम्पूर्ण नतिजा दिने गरी काम भैरहेको छ’, सुवेदीले भने ।