नेपालगन्जमा शैक्षिक महोत्सव आयोजना हुदै

मंसिर २८ गते देखि नेपालगन्जमा पहिलो पटक आयोजना हुन गैरहेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०७४ लाई भव्यता दिन २५ वटा विभिन्न समिति, उपसमितिहरु सक्रिय रहेका छन् ।

 

प्रचार समितिका संयोजक बसन्त लामिछानेका अनुसार, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाकेको आयोजनामा हुने महोत्सवलाई जिल्लाको साझा आयोजनाका रुपमा भव्यता दिन लागिएको हो । ‘आयोजक हामी भएपनि यो जिल्लाकै साझा आयोजना हो’, महासंघका संस्थापक जिल्ला अध्यक्ष समेत रहेका लामिछानेले घरघरमा शिक्षा हाम्रो अभियान, शिक्षित समाज सबैको सम्मान भन्ने मूल नारा सम्झाउ“दै भने, ‘यो आयोजना सफल पार्नु सबैको दायित्व हुन आउछ ।’

 

महासंघका अध्यक्ष बुद्धि प्रसाद अधिकारीको संयोजकत्वमा मूल समिति र त्यसको संयोजनमा विभिन्न २५ वटा उपसमितिहरु सक्रिय रहेका हुन् । ‘१ सय ५० वटा स्टल सबै तयार पारिसकिएको छ’, स्टल व्यवस्थापन समितिका संयोजक, महासंघका निवर्तनमान अध्यक्ष हेमराज पौडेलले भने ।

 

मञ्च व्यवस्थापनका लागि सुर्य कुमार श्रेष्ठ संयोजक रहेको समिति सक्रिय छ । ‘भोलि सम्म मञ्च तयारी भइसक्छ’, लामिछानेले संयोजक श्रेष्ठलाई उद्धृत गर्दै भने । महोत्सवमा बालबालिकालाई लक्षित गरी विभिन्न तयारीहरु गरिएका छन् । त्यसका लागि प्रदिप सापकोटाको संयोजकत्वमा बाल उद्यान उपसमिति बनाइएको छ । ‘बालबालिकालाई खेल्ने, कुद्ने, मनोरञ्जनस“गै पढ्ने संस्कार दिन खोजिएको हो’, लामिछानेले दैनिक नेपालगन्जसग भने, ‘अभिभावकसगै आउने बालबालिकालाई लक्षित गरेर विशेष आकर्षणहरु थपिएका छन् ।’

 

पहिलो पटक नेपालगन्जमा आयोजना हुने शैक्षिक महोत्सवलाई सांस्कृतिक पर्वका रुपमा पनि विकास गर्न खोजिएको छ । त्यसका लागि मुकुट ढकालको संयोजकत्वमा सांस्कृतिक समिति तयारीमा जुटेको छ । महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरुले हरेक दिन मनोरञ्जनात्मक प्रस्तुतिहरु दिनेछन् । ‘मनोज गजुरेल देखि पशुपति शर्मा, मिलन लामादेखि इन्दिरा जोशीसम्मका कलाकारहरु अनुबन्दित भैसकेका छन्’, सा“स्कृतिक समितिका संयोजक ढकाललाई उद्धृत गर्दै लामिछानेले भने ।

 

आयोजनालाई बौद्धिक ढंगले विशिष्टता प्रदान गर्न राष्ट्रिय स्तरका स्तरका स्रष्टाहरुको जमघट र स्थानीय स्रष्टाहरुस
ग अन्तरक्रिया गराइ“दैछ । ‘नारी स्रष्टाहरुको छुट्टै जमघटको तयारी पनि भैरहेको छ’, लामिछानेले ऋषिराम सापकोटाको संयोजकत्वमा साहित्य र ऋचा लुइटेलले नारी स्रष्टाहरुको संयोजक गरिरहेको जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया