बाके : मतगणना सुरु गर्ने तयारी

तीन वटा निर्वाचन क्षेत्र रहेको बाकेको मतगणना केही बेरामा भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा सुरु हुदैछ । त्यसका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ । देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक कुनै अप्रिय घटना भएन । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणअन्तर्गत बिहीबार भएको चुनावमा ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

(तस्वीर : विनोद भट्टराई)

दोस्रो चरणमा भएको ४५ जिल्लाको मतदान सकिएलगत्तै बिहीबार साँझ निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रारम्भिक तथ्यांकअनुसार ६७ प्रतिशत मतदान भएको जानकारी गराए । ‘वास्तविक तथ्यांक आउदा यो प्रतिशत बढ्न पनि सक्छ’, उनले पत्रकारहरुसग कुरा गर्दै भने । आयोगका अनुसार, पहिलो चरणमा मंसिर १० गते भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो ।

 

‘बाकेमा भने ७०.७७ प्रतिशत मत खस्यो’, प्रारम्भिक अनुमान सुनाउदै बाकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले दैनिक नेपालगन्जसग भने । ‘२ लाख ७६ हजार ७ सय १८ मतदाता रहेको बाकेमा ७०.७७ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ’, प्रजिअ केसीले भने ।

प्रजिअ केसीका अनुसार, जिल्लाका कुनै पनि मतदान केन्द्रमा अप्रिय घटना भएको छैन । ‘अत्यन्त शान्तिपूर्वक मतदान सम्पन्न भएको छ’, प्रजिअ केसीले कतिपय ठाउ“बाट फाट्टफुट्ट एकअर्काका गुनासा गरेपनि तत्काल व्यवस्थापन गरिएको बताए । क्षेत्र नं. १ का निर्वाचन अधिकृत उद्दव गजुरेल र क्षेत्र नं. ३ का अधिकृत लोक बहादुर हमालले आ–आफ्नो क्षेत्रमा शान्तिपूर्वक मतदान समयमै सकिएको जानकारी दिए ।

 

क्षेत्र नं. २ को नेपालगन्ज–२१ महाराजा मावि मतदान केन्द्रमा झण्डै दुई घण्टा ढिलो मतदान सकिएको थियो । ‘पौने ७ बजे मतदान सकियो’, प्रजिअ केसीले भने । राती ११ बजे तीन वटै निर्वाचन क्षेत्रका सबै मतपेटिका सदरमुकाम नेपालगन्ज ल्याइसकिएको छ । प्रजिअ केसीले सबै मतपेटिका नेपालगन्ज ल्याइसकिएको जानकारी दिए ।

 

बाकेका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले दिनभरको थकान र मत पेटिका ल्याइपुर्याउन भएको ढिलाईका कारण शुक्रबार विहानबाट मतगणना गर्ने निर्णय गरिएको जानकारी दिए । ‘अत्यन्तै सफलतापूर्वक मतदान कार्य सम्पन्न भएकाले मतगणनालाई पनि त्यस्तै व्यवस्थित र पारदर्शी गर्न खोजिरहेका छौं’, मुख्य निर्वाचन अधिकृत सुवेदीले भने ।’
मुख्य निर्वाचन अधिकृतको कार्यालयले तीन वटै क्षेत्रका मतपेटिका भेरी प्राविधिक शिक्षालयको सभा हलमा राखेको छ । मतपेटिका उम्मेदवारी दिने सबै दलका प्रतिनिधिसगै सुरक्षाकर्मीले पहरा दिइरहेका छन् । मुख्य निर्वाचन अधिकृत सुवेदीले पा“च दिनभित्रै सबै नतिजा सार्वजनिक गर्ने गरी मतगणना कार्यलाई व्यवस्थित गर्न लागिएको बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया